२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

विश्व मुख स्वास्थ्य दिवस : दाँत र मुखको समस्यालाई वेवास्ता नगरौँ

२०८० चैत्र ७, बुधबार प्रकाशित ( महिना अघि) ३०० पाठक संख्या

हिमकुमार खनाल
डेन्टल हाईजेनिष्ट
नेपालको बर्तमान अबस्थामा दाँत तथा मुख रोग समस्या प्रमुख समस्या बन्दै गएको छ। प्राय् यो समस्या भर्खरै हुर्किदै गरेका केटाकेटीदेखी बुढाबुढीसम्म कसै लाई पनि नभएको पाइदैन् । तसर्थ आम नागरिकलाइ सम्बन्धित सामान्य कुराहरु मार्फत चेतना दिलाउनको लागि मेरा केही अनुभवहरु यहाँ उल्लेख गरेको छु ।
मानव जातिमा दाँतको बिकासक्रम दुई किसिमबाट हुने गर्छ ः
१.अस्थायी÷दुधे दाँत (गन्तीमा २० ओटा हुन्छन्)
२.स्थायी दाँत (गन्तीमा ३२ ओटा हुन्छन्)
मानिस जन्मिएको करिब ६ महिनाबाट अस्थायी दाँतको विकासक्रम हुने गर्दछ र करिब ११÷१२ बर्ष भित्र यी दाँतहरु झरिसकेका हुन्छन् । ६÷७ बर्षको उमेरदेखि २०÷२५ बर्ष भित्र स्थायी दाँत पूरा आइसकेको हुन्छ । कसै कसैमा उमेर हद तल माथि हुन सक्छ ।
वर्तमान परिप्रेक्ष्यमा डेण्टल क्लिनिक तथा डेण्टल हस्पिटलमा बच्चादेखी बुढापाका सम्म दाँत दुख्यो ,गिजाबाट रगत आयो,मुख गन्हायो,दाँतमा किरा लाग्यो तथा अनेक समस्या लिएर बिरामीहरु ठुलो मात्रामा आउनुहुन्छ । समस्या आए पछि परिक्षणका लागि जानु एकदम राम्रो पक्ष हो तर हामी समस्या आउनु पुर्व अबस्थामै चाँही प्राय आफ्नो दाँत तथा मुखको अवस्थाबारे जानकारी लिदैनौ ।
रोग लाग्न दिनु भन्दा रोग लाग्न नदिने उपाय हामीलाई थाहा नभएको होईन तर हामी ब्यवहारमा मन्जुर देखिदैनौ । केयरलेस छौ । हरेक दिन बिहान देखि बेलुकासम्म विभिन्न प्रकारका खानेकुराहरु खान्छौ,सुत्ने बेलामा मुखको सरसफाइ नगरी एकै पटक अर्को दिन मात्र सामान्य सरसफाइ गर्दछौ । यो अत्यन्तै राम्रो होइन।
यदी यचब िअबखष्तथ सफा छैन्, गिजा कमजोर छ्, दाँतहरु कमजोर छन् भने शरिरले पाउनु पर्ने सन्तुलित आहार पुर्ण रुपमा पाउदैँन र हामी शारीरिक रुपमा कमजोर हुन्छौ र देखिने सौन्दर्यतामा पनि ह्रास आउँछ, मानसिक रुपमा पनि कमजोर हुन्छौ।
दाँतको निकै महत्व हुने गर्दा दाँतलाई mष्चचयच या दयमथ पनि भन्ने गरिन्छ । यसले ब्यक्तिगत पहिचान अलग्गै रुपमा दिएको हुन्छ। कसैले भन्नु हुन्छ मैले दिनमा दुई पटक दाँत माझ्छु तर पनि समस्या हटेन, जती ब्रस गरेपनी मुखबाट दबम दचभबतज आइरहेको हुन्छ या अन्य समस्या आइरहेको हुन्छ । यस्तै मुखमा समस्या आएको कुरा बताउनुहुन्छ ।
जसको लागि निम्न केही सामान्य सावधानि अपनाउनुहोस् ः
दाँत तथा मुखको सरसफाइ गर्ने सही तरिका अपनाउनुस्् ः बिहान बेलुका खाना खाइ सकेपछी कम्तिमा दुइ पटक अनिवार्य दाँत माझ्नुहोस्् । सिन्का तथा पिनले दाँत र गिजा नकोट्टाउनुहोस् ,दुई दाँतको बीचमा अड्केको फोहोर निकाल्दा ायिकक (एक किसिमको धागो)प्रयोग गर्नुहोस् ।
हरेक अङ्गको निश्चित क्षमता हुन्छ,त्यसैले अत्यन्तै कडा बस्तु जबरजस्ती नटोक्नुहोस,अत्यन्तै चिसो र अत्याधिक तातो नखानुहोस् । कडा खालको ब्रुस (बृस्टल)ले दाँत घिसिने हुँदा नरम खालको ब्रसको प्रयोग गर्नुहोस् ।
फ्लुयोराइड युक्त मन्जन प्रयोग गर्नुहोस् तर मन्जनको मात्रा मिलाएर गर्नुहोस् । बच्चाको दुधे दाँत हुन क्यारे भनेर वेवास्ता नगर्नुहोस् । दुधे दाँत भनेको (mयचलष्लन कजयधक तजभ मबथ) भने जस्तो,पुन आउने स्थायी दाँतको भिबमभच हो। तसर्थ अस्थायी दाँत झन महत्वपूर्ण छ।
दुध खाँदै गरेको बच्चालाई ( अजष्मि या ष्लाबलत )दिनहुँ कपासको सानो गोलाकार डल्ला बनाइ पानीमा भिजाइ हल्का रुपमा गिजा समेत दाँत पुछिदिनुहोस् । बच्चाको औँला चुस्ने बानी भए पुर्ण रुपमा हटाइदिनुस् । अलिकति दाँतको कुनै पनि भाग कालो दाग तथा पहिलेको भन्दा फरक पाउनुभएमा तुरुन्त डेन्टिस्टसङ्ग सल्लाह लिनु होस् । बच्चा जन्माउने योजना बनाउँदै हुनुन्छ भने पूर्व अबस्था मै महिलाले अनिवार्य दाँत तथा मुख परिक्षण गराउनुहोस् ।
मुखमा आएको घाउ तथा बिबिराहरु लाई हेल्चेक्राइ नगरि समयमै उपचार गर्नुहोस्, परिक्षण गर्नुहोस् । जन्क फुड तथा उबअपष्लन ाययम बाट केटाकेटी लाई सकेसम्म टाढै राख्नुहोस् । कृत्रिम दाँत लगाउनु भएको छ भने बेला बेलामा जाँच गराउनुहोस् । सामान्य यी कुरा मात्र पछयाउनु भयो भने पनि धेरै समस्या बाट बच्न सकिन्छ।
अझै पनि नेपालको कुनै कुनै ठाउँमा दाँत दुख्यो भने धामिझाँक्री गर्ने चलन छ । त्यसरी कदापी समस्याको समाधान हुँदैन् झन समस्या थपिन सक्छ।्र अहिले विज्ञानले नयाँ नयाँ उपचार गर्ने विभिन्न थेरापी तथा तरिकाहरु पत्ता लगाइसकेको छ, पहिला जस्तो दाँतको उपचार गर्ने डेन्टिस्ट तथा हाइजेनिस्ट नभएर उपचार गर्न नपाउने अवस्था छैन् । अहिले लगभग हरेक ठाँउमा दन्त चिकित्सक तथा डेण्टल हाइजेनिस्ट पुगेका छन् । तसर्थ हामी आफै चनाखो भएर आफ्नो समस्या कसरी समाधान गर्ने भनेर विकल्प छनौट गर्नुपर्दछ ।
दाँत मुख तथा गिजा सम्बन्धि जुनसुकै समस्याको लागि उचित परामर्शका लागि मलाई सस्थागत रुपमा वा ब्यक्तिगत रुपमा जुनसुकै बेला भेट्न सक्नुहुन्छ 

लेखक रुरु त्रिवेणी डेन्टल केयर प्रालि बर्दघाटका प्रमुख हुनुहुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१३%१%

प्रतिक्रिया दिनुहोस