२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

आत्मनिर्भर अर्थतन्त्रका लागि स्थानीय उत्पादनलाई ब्राण्डिङ गर्नुपर्छ : प्रदेश प्रमुख शेरचन

२०८० चैत्र ३, शनिबार प्रकाशित ( महिना अघि) १६९ पाठक संख्या

मोहन पौडेल
परासी, ३ चैत । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले स्थानीय कच्चापदार्थको प्रयोगबाट उत्पादीत वस्तुको ब्राण्डिङ गरि अन्र्तराष्ट्रिय बजारीकरणबाट आत्मनिर्भर अर्थतन्त्रमा पुग्न सकिने बताउनुभएको छ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा सञ्चालित केराको थामबाट रेसा निकाली स्यानिटरी प्याड बनाउने तालिमको शनिबार स्थलगत अवलोकन गर्दै उहाँले स्थानीय उत्पादनलाई रोजगारीसँग जोडेर कानूनी रुपमै विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेश प्रमुख शेरचनले स्थानीय उत्पादनलाई ब्राण्डिङ गर्न नसकिएको बताउँदै यसलाई कानूनी रुपमबाटै सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा उत्पादन हुने गाँजा तथा घरेलु मदिरालाई प्रतिबन्ध फुकुवा गरि ब्राण्डिङ गरेर अन्र्तराष्ट्रिय बजारमा पुर्याउन सके नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुग्ने जिकिर गर्नुभयो ।
प्रदेश प्रमुख शेरचनले नवलपरासीको प्रतापपुर र सुस्ता क्षेत्रलाई केराको पकेट क्षेत्र घोषणा गर्नुपर्नेमा जोड दिँदै खेर गईरहेको केराको थामबाट विभिन्न वस्तुहरुको उत्पादन गर्ने कार्यलाई प्राथमिकता दिन सके यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने उल्लेख गर्नुभयो ।
प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले यो गाउँपालिका केरा र उखुको पकेट क्षेत्र रहेको बताउँदै यहाँका ८३ प्रतिशत नागरिक कृषिमा निर्भर रहेको र ९६ प्रतिशत जमिन कृषि योग्य रहेको बताउनुभयो । यस क्षेत्रमा हुने केराखेतीबाट उत्पादन हुने वस्तुको बजारीकरणका लागि गाउँपालिकाले उचित व्यवस्थापन गर्ने बताउनुभयो । केराको थामबाट रेसा निकाली विभिन्न प्रकारका वस्तु उत्पादन गर्ने कार्य सफल भएकोले आगामी वर्षदेखि गाउँपालिकाले यस कार्यलाई प्रोत्साहन गर्ने गरि बजेट विनियोजन गर्ने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
घरेलु तथा साना उद्योग कार्यालयले आफ्नो वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत गत फागुन २८ देखि केराको थामबाट रेसा निकाली स्यानिटरी प्याड बनाउने तालिम सञ्चालन गरेको हो । खेर गईरहेको केरोको थामलाई प्रयोग गरि कपडा, डोरी, स्यानिटरी प्याड लगायतका वस्तु उत्पादन गरि स्वोराजगार बनाउने उद्देश्यले यो तालिम प्रतापपुर र सुस्तामा सञ्चालन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो । तालिममा सहभागि महिलाहरुले तालिम निकै प्रभावकारी रहेको बताउँदै रेसा निकाल्ने मेसिन सरकारले उपलब्ध गराईदिए आफूहरुलाई व्यवसायिक रुपमै अघि बढ्न सहज हुने बताएका थिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस