२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

सुनवलको हरकट्टामा चैत १० देखि सांस्कृतिक कार्यक्रमसहित खुल्ला क्रिकेट प्रतियोगिता हुँदै

२०८० चैत्र ३, शनिबार प्रकाशित ( महिना अघि) १४७ पाठक संख्या

मोहन पौडेल
परासी, ३ चैत । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ हरकट्टामा सांस्कृतिक कार्यक्रमसहित खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ । हरकट्टा यूवा समूह र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीको संयुक्त आयोजनामा आगामी चैत १० गतेदेखि प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
क्रिकेट खेलप्रति पछिल्लो समय बढिरहेको आकर्षणलाई मध्यनजर गर्दै हरकट्टा खेल मैदानमा चैत १० देखि २० गतेसम्म खुल्ला क्रिकेट प्रतियो।गिता सञ्चालन गर्न लागिएको आज हरकट्टामा आयोजित पत्रकार सम्मेलनमा खेलकुद समितिका अध्यक्ष मीन बस्यालले जानकारी दिनुभयो ।
नक आउटको नियमानुसार खेलाईने यस प्रतियोगितामा जिल्ला भित्र तथा बाहिरबाट गरि करिब २० टीमको सहभागिता रहने अपेक्षा गरिएको उहाँले बताउनुभयो । करिब साढे दुई खेलाडि सहभागि हुने यस प्रतियोगितामा अन्र्तराष्ट्रिय खेलाडीको समेत सहभागिता हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजेता टीमलाई नगद रु २० हजार,ट्रफि र मेडल तथा उपविजेता टीमलाई नगद रु दश हजार, मेडल र ट्रफिको साथै प्रत्येक खेलमा म्यान अफ द म्याच, बेष्ट व्याट्स म्यान, बेष्ट बलर,म्यान अफ द टुर्नामेन्ट लगायतका विधामा पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष बस्यालले जानकारी दिनुभयो । हरकट्टा क्षेत्रमा पहिलो पटक यस किसिमको प्रतियोगिता आयोजना गरिएको हो । कूल पाँच लाख खर्च लाग्ने अनुमान गरिएको यस प्रतियोगिताको लागि सुनवल नगरपालिकाले रु तीन लाख बजेट विनियोजन गरेको छ ।
प्रतियोगिता उद्घाटनको अवसरमा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरुको उपस्थितिमा बृहत सांस्कृतिक कार्यक्रम पनि आयोजना हुने प्रतियोगिताको अर्काे आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी जिल्ला अध्यक्ष श्यामकला भण्डारीले जानकारी दिनुभयो । अहिलेका युवाहरुमा लोक सस्कृति र दोहोरीगीत प्रति आकर्षित गर्न आवश्यक रहेकोले संस्कृति संरक्षणसँगै कलाकारलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले क्रिकेट प्रतियोगितासँगै सांस्कृतिक कार्यक्रम पनि जोडिएको प्रतिष्ठानकी अध्यक्ष भण्डारीले बताउनुभयो ।
खेलमार्फत शारीरिक तन्दुरुष्त र सांस्कृतिक मनोरञ्जनबाट मानसिक तन्दुरुस्त राख्न पनि यो प्रयास गरिएको उहाँको भनाई छ ।
खेलकुद प्रतियोगिताका संरक्षक राजकुमार श्रेष्ठले युवाहरुलाई खेलप्रति आकर्षित गराई कूलत लगायतका गतिविधिबाट टाढा राख्न पनि यो प्रतियोगिताले टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले खेलप्रति रुची राख्ने सबैलाई सहभागिताका लागि अनुरोध गर्दै प्रतियोगिता सफल बनाउन आग्रह गर्नुभएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस