२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

भन्सार छली गरी लुकाई राखेको अवस्थामा बीस लाखको टेम्पर ग्लास र ६ लाखको चिनी बरामद

२०८० फागुन २३, बुधबार प्रकाशित ( महिना अघि) ८२ पाठक संख्या

परासी, २३ फागुन । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं.४ बाट करिब रु बीस लाख बराबरको अवैद्य टेम्पर ग्लास प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट बजारस्थित एक कवाड केन्द्रबाट उक्त मूल्यको ३० कार्टुन मोवाईलमा प्रयोग गरिने टेम्पर ग्लास बरामद गरेको हो ।
भन्सार छलि गरि लुकाई छिपाई राखेको अवस्थामा ठूलो परिमाणमा टेम्पर ग्लास बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुर्दशन पन्थीले जानकारी दिनुभयो । बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि महेशपुर भन्सार चलान गरिएको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यसैबीच जिल्लाको पाल्हीनन्दन गाउँपालिकास्थित भारतीय सीमा क्षेत्रबाट प्रहरीले करिब ६ लाख बराबरको अवैद्य चिनी समेत बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय परासी र राजस्व अनुसन्धान कार्यालयबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पाल्हीनन्दन ५ गेर्मास्थित भगतपुरा बस्ने सोमै गौडको गुल्सन नितलेस राईल मिलको गोदामबाट १४९ बोरा चिनी बरामद गरिएको प्रहरीले जनाएको छ । भन्सार छलि गरि लुकाई राखेको उक्त चिनी नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाईएको नवलपरासी प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%३%

प्रतिक्रिया दिनुहोस