२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

सरावलको अहिरौलीमा व्यवस्थित खेलमैदान निर्माण हुने, गाउँपालिका अध्यक्ष चौधरीद्धारा शिलान्यास

२०८० फागुन २३, बुधबार प्रकाशित ( महिना अघि) ६७ पाठक संख्या

परासी, २३ फागुन । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं.२ स्थित अहिरौलीमा व्यवस्थित खेलमैदान निर्माण हुने भएको छ । गाउँपालिका र वडा कार्यालयको संयुक्त लगानीमा निर्माण हुने खेलमैदानको गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले शिलान्यास गर्नुभएको छ ।
खेलमैदान शिलान्यास गर्दै पालिका अध्यक्ष चौधरीले सरावल गाउँपालिकाले खेल र खेलाडिका लागि आवश्यक बजेट विनियोजन गरि काम गरिरहेको बताउनुभयो । पालिका भित्रका विभिन्न वडाहरुमा रहेका खेलमैदानलाई व्यवस्थित गर्नका लागि बजेट विनियोजन भएअनुसार अहिरौलीमा पनि व्यवस्थित खेलमैदान निर्माण कार्य अघि बढेको उहाँले बताउनुभयो । खेलमैदानलाई व्यवस्थित गर्दै खेलाडि उत्पादनमा गाउँपालिका अग्रसर रहेको अध्यक्ष चौधरीको भनाई थियो ।
खेलमैदान निर्माणका लागि गाउँपालिकाले रु चार लाख र वडाले डेढ लाख बजेट विनियोजन गरेको छ । स्थानीय साम्य माई युवा क्लवले खेलमैदान निर्माणको लागि सहजीकरण गरेको छ । खेलमैदानमा आवश्यक पूर्वाधार निर्माणका लागि आगामी वर्ष पनि बजेट विनियोजन गरि व्यवस्थित गरिने गाउँपालिकाले जनाएको छ । उक्त अवसरमा गाउँपालिका उपाध्यक्ष बासमति हरिजन, स्थानीय जनप्रतिनिधि लगायतको पनि सहभागिता थियो । खेलमैदान निर्माणसँगै यस क्षेत्रमा खेलकुदका गतिविधि तीव्र रुपमा अघि बढ्ने नेपाल रेडक्रस सोसाईटी बालपुरी उपशाखाका सभापति सञ्जय मौर्यले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस