२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

एभरग्रीन अस्पतालमा अप्रेसन सेवा शुरु, नयाँ व्यवस्थापन र विशेषज्ञ सेवासहित सञ्चालन

२०८० फागुन २, बुधबार प्रकाशित ( महिना अघि) १०४४ पाठक संख्या

परासी, २ फागुन । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा निजी क्षेत्रबाट सञ्चालन हुँदै आएको एभरग्रीन अस्पताल नयाँ व्यवस्थापन र विशेषज्ञ स्वास्थ्य सेवासहित सञ्चालनमा आएको छ । अस्पतालले आफ्नो १२ औँ स्थापना दिवसको अवसर पारि सबै प्रकारका शल्यक्रिया (अप्रेसन) सेवा शुभारम्भ गरेको छ ।
अस्पतालमा निर्माण गरिएको सुविधासम्पन्न अप्रेसन कक्षको आज लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवालले शुभारम्भ गर्नुभयो । उहाँले यस सुविधाबाट यस क्षेत्रका सेवाग्राही लाभान्वित हुने विश्वास व्यक्त गर्दै थप स्तरीय सेवा प्रदान गर्न आग्रह गर्नुभयो ।
परासीमा विगत देखि नै सञ्चालनमा रहेपनि हाल एभरग्रिन अस्पताल नयाँ व्यवस्थापन र स्तरीय सेवासहित सञ्चालनमा ल्याईएको अस्पतालका सञ्चालक बलिराम कोईरीले जानकारी दिनुभयो । वार्षिकोत्सवको अवसरमा सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै सबै प्रकारका अप्रेसन हुने गरि सेवा शुरु गरिएको बताउँदै उहाँले आगामी चैत मसान्तसम्म अस्पतालले दिने विभिन्न सेवाहरु निःशुल्क प्रदान गर्ने घोषणा गर्नुभएको छ । अवदेखि प्रत्येक दिन विहान नौ बजेदेखि दिउँसो २ बजेसम्म विरामीको निःशुल्क स्वास्थ्य जाँच,विहान दश बजेदेखि दिउँसो २ बजेसम्म मुटु तथा बाथरोग विशेषज्ञ चिकित्सकबाट निःशुल्क जाँच एवं सुगरको जाँच चैत मसान्तसम्म निःशुल्क गरिएको सञ्चालक कोईरीले बताउनुभयो ।
हाल एभरग्रिन अस्पतालबाट मुटुको भिडियो एक्सरे सेवा, प्रयोगशाला सेवा, डिजिटल एक्सरे सेवा, भिडियो एक्सरे सेवा, जनरल सर्जरी सेवा, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा, महिला तथा प्रसुती रोग विशेषज्ञ सेवा, नाक, कान घाँटी रोग विशेषज्ञ सेवा,प्रसुती सेवा, आकस्मिक सेवा, मुटुको जाँच सेवा,बिरामी भर्ना, फार्मेसी सेवासहित प्रत्येक शनिबार विशेषज्ञ रेडियोलोजिष्ट चिकित्सकबाट भिडियो एक्सरे सेवाहरु उपलब्ध रहेको अस्पतालले जनाएको छ। मुटु सम्बन्धी जाँच गर्न बुटवल नै जानुपर्ने बाध्यता अन्त्य गर्न मुटु जाँच सेवा सञ्चालन गरिएको सञ्चालक कोईरीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%२%

प्रतिक्रिया दिनुहोस