२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

प्याराडाईज नेशनल बोर्डिङ स्कुलमा स्पोर्ट्स मिटको आयोजना

२०८० माघ २५, बिहिबार प्रकाशित ( महिना अघि) २९२ पाठक संख्या

परासी, २५ माघ । द प्याराडाईज नेशनल ईङ्लिस बोर्डिङ स्कुल रामग्राम–१६ हकुईमा स्पोर्ट्स मिट २०८० शुरु भएको छ । विद्यार्थीहरुको शारीरिक मानसिक विकास एवं खेलप्रति आकर्षित गराउने उद्देश्यले विद्यालयले स्पोर्ट्स मिटको आयोजना गरेको हो ।
माघ २४ देखि तीन दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रमको बुधबार एक समारोहकाबीच उद्घाटन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै रामग्राम–१५ का वडा अध्यक्ष धनपत यादवले खेलले शारीरिक तन्दुरुस्ती, स्वस्थ र असल नागरिक उत्पादनमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो । उहाँले प्याराडाईज नेशनल बोर्डिङ स्कुलले विभिन्न अतिरिक्त क्रियाकलापसहित खेलकुद प्रतियोगिता पनि आयोजना गरेर विद्यार्थीको चौतर्फी विकासमा भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो ।
विद्यालयका प्रिन्सिपल बलिराम यादवले विद्यार्थीको स्वास्थ्य र शारीरिक विकासमा खेलकुद प्रतियोगिताले टेवा पुग्ने बताउनुभयो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबीच विभिन्न खेलहरुमा प्रतिस्पर्धा गराईने र उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत पनि गरिने उहाँले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बक्सिस अलिको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजसेवी हेमन्त कुमार पाण्डे, भागिरथी यादव, बहादुर कुर्मी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस