२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

सरावल गाउँपालिका स्तरीय अन्तर विद्यालय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

२०८० माघ ७, आईतबार प्रकाशित ( महिना अघि) ३२५ पाठक संख्या

मोहन पौडेल
परासी, ७ माघ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका स्तरीय अन्तर विद्यालय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि शुरु भएको छ । सरावल गाउँपालिकाको आयोजना एवं सरावल–६ स्थित जनता मावि भुजहवाको व्यवस्थापनमा आजदेखि शुरु भएको उक्त प्रतियोगिता माघ ९ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको आज एक समारोहकाबीच गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले उद्घाटन गर्नुभयो । उक्त अवसरमा अध्यक्ष चौधरीले सरावल गाउँपालिकाले शैक्षिक गुणस्तर र पूर्वाधारयुक्त शैक्षिक संस्थाको लागि जोड दिँदै आएको बताउनुभयो ।

शिक्षासँगै खेल क्षेत्रलाई जोडेर विद्यालय तहबाट खेलाडि उत्पादन गर्न गाउँपालिकाले प्रत्येक वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो । भलिवल, कबड्डी लगायतका खेलमा सरावलले अब्बल स्थान हासिल गर्दै आएको बताउँदै उहाँले खेल क्षेत्रको विकास गर्न खेलकुद विकास समिति पनि गठन गरेको गाउँपालिका अध्यक्ष चौधरीले बताउनुभयो । सरावललाई खेल क्षेत्रबाट चिनाउन खेलाडी उत्पादनका लागि विभिन्न विधामा विद्यालय स्तरीय खेलकुद प्रतियोगितालाई प्रोत्साहन गर्दै आएको र आगामी दिनमा पनि शिक्षा र खेल क्षेत्रलाई प्राथमिकता दिएर गाउँपालिका अघि बढ्ने उहाँले बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष बासमति हरिजनले यस प्रतियोगितालाई सबै पक्षको सहयोगबाट उत्कृष्ट ढंगबाट सम्पन्न गर्न आग्रह गर्नुभयो । खेलको माध्यमबाट व्यक्तिको स्वस्थ राम्रो हुनुका साथै यहाँबाट उत्पादन हुने खेलाडिले आफ्नो क्षमता प्रदर्शन गरि प्रदेश, राष्ट्र र अन्र्तराष्ट्रिय स्तरमै ख्याति कमाउन सफल हुनेमा आफू विश्वस्त रहेको उपाध्यक्ष हरिजनले बताउनुभयो । खेल क्षेत्रको विकासमा गाउँपालिका निरन्तर लागिरहने पनि उहाँले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भुप्रसाद यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्रा, सरावल ६ का वडा अध्यक्ष छोटेलाल गुप्ता, गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख प्रेम थापा, विद्यालयका प्रधानाध्यापक श्रीकृष्ण यादव लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
१८ वर्ष मुनिका विद्यार्थी सहभागि रहने यस प्रतियोगितामा सरावल गाउँपालिका अन्तरगतका १६ विद्यालयका करिब एक हजार विद्यार्थीले सहभागिता जनाउँदैछन् । प्रतियोगिता अन्तरगत भलिबल, कबड्डी तथा एथलेटिक्स अन्तरगत १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटर दौड,हाईजम्प, लङजम्प,ट्रिपल जम्प,जेभलिङ थ्रो, सटफुट लगायतका ईभेन्टमा छात्र र छात्राबीच छुट्टाछुट्टै प्रतिस्पर्धा हुने खेलका अफिसियल मनोज चौधरीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस