२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

रामग्रामका औषधी पसल र प्रयोगशालामा शिल

२०८० माघ ३, बुधबार प्रकाशित ( महिना अघि) ६०२ पाठक संख्या

 

परासी, ३ माघ । पश्चिम नवलपरासीमा एक औषधी पसल र एक प्रयोगशालालाई शिल गरिएको छ ।
जिल्लाको रामग्राम नगरमा अबैध रुपमा सञ्चालनमा रहेकत एक औषधी पसल र एक प्रयोगशालामा  नगरस्तरीय अनुगमन समितीले  शिल गरेको हो ।

ती स्वास्थ्य पसलबारे स्थानीयबाट गुनासो आएपछि अनुगमन गरेर शिल गरिएको रामग्राम नगरपालिकाकी कार्यबाहक नगरप्रमुख सम्झना चौधरीले जानकारी दिनुभयो ।
रामग्राम नगरपालिकाको वडा न १७ स्थित देवगाउँमा कुनै पनि निकायमा दर्ता नगरि सञ्चालनमा रहेको गुप्ता मेडीकल हल र सोही वडा स्थित पट्खौलीमा सञ्चालनमा रहेको सेलिसा फर्माद्धारा संचालित प्रयोगशाला अबैध रूपमा संचालन गरेको पाईएकोले दुवै प्रतिष्ठानलाई शिल गरिएको उहाँले बताउनुभयो ।

अनुगमन समितिले जिल्ला सदरमुकाम परासी र पट्खौली क्षेत्रमा रहेका औषधी पसलको अनुगमन गरेको थियो । त्यसक्रममा परासीका केही औषधी पसलहरुले सेवाग्राीहरुसंग औषधीको बिक्री मूल्यभन्दा चार गुणबढी शुल्क लिएकोे पाईएको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख ओमप्रकाश पन्थीले बताउनुभयो ।
केही पसललाई दर्तावाल सञ्चालकको उपस्थितमा फार्मेसी संचालन गर्न निर्देशन दिएको पनि पन्थीले बताउनुभयो ।
अनुगमनको क्रममा औषधी व्यवस्था विभागमा दर्ता नभएको साथै म्याद गुज्रिएका औषधी बिक्री बितरण  गरेको पाईएकोले उक्त औषधीहरु नियन्त्रणमा लिई जफत गरिएको , औषधी पसलहरुले फोहोर व्यवास्थापन नगरेको देखिएकोले तुरुन्त फोहोर व्यवास्थापन गर्न निर्देशन दिईएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%१%

प्रतिक्रिया दिनुहोस