२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

सरावल–४ मा गाउँले पुरुष कबड्डी प्रतियोगिता शुरु, गाउँपालिका अध्यक्ष चौधरीद्धारा उद्घाटन

२०८० कार्तिक ३०, बिहिबार प्रकाशित ( महिना अघि) १०५२ पाठक संख्या

परासी, ३० कात्तिक । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–४ ललितपुरमा गाउँले पुरुष कबड्डी प्रतियोगिता शुरु भएको छ । ललितपुर खेलकुद समितिको आयोजना तथा सरावल–४ वडा कार्यालयको सहयोगमा आजदेखि शुरु भएको प्रतियोगिताको गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले उद्घाटन गर्नुभयो ।
आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा २६ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम पुरस्कार नगद रु १२ हजार, मेडल र कप, दोस्रो पुरस्कार एक थान बोका, मेडल र कप, तृतीय पुरस्कार बीस केजी मासु, मेडल र कप तथा सान्त्वना पुरस्कार दश केजी कुखुराको मासु र मेडल कपको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
खेलकुद समितिका अध्यक्ष जीतबहादुर यादवको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष चौधरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बासमति हरिजन, वडा नं. ४ का वडा अध्यक्ष सुरेश यादव, वडा सदस्य अर्जुन गुप्ता, गाउँपालिका अध्यक्षका स्वकीय सचिव सञ्जय मौर्य, गाउँपालिका उपाध्यक्षका स्वकीय सचिव गोपिचन्द हरिजन लगायतलेको सहभागिता थियो । प्रतियोगिताको उद्घाटन खेलमा ललितपुर र बडसारबीच भएको प्रतिस्पर्धामा बडसारले विजयी सुरुवात गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस