२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

गृहनगरमा स्थानीय खेलाडीसँग रमाउँदै राष्ट्रिय क्रिकेट टिमका कप्तान पौडेल

२०८० कार्तिक २७, सोमबार प्रकाशित ( महिना अघि) ७६८ पाठक संख्या

परासी,२७ कात्तिक । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल यतिबेला आफ्नो गृह जिल्ला पश्चिम नवलपरासीमा छन् । गृहनगरमा रहँदा कप्तान पौडेलका फ्यान र स्थानीय खेलाडी पनि उत्साहित छन् । उनको सम्मानमा क्रिकेटप्रेमी फ्यानहरुले विभिन्न कार्यक्रम आयोजना गरेर हौसला बढाइरहेका छन् ।
यसैबीच कप्तान पौडेलको गाउँ बर्दघाट-१४ बुद्धबस्तीस्थित गृहमैदानमा उनको सम्मानमा स्थानीय खेलाडीले आयोजना गरेको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा उनी दर्शक बनेर साथ दिए । राष्ट्रिय टिमकै कप्तान साथमा पाएका स्थानीय खेलाडी पनि दंग मानेर खेलिरहेका थिए भने रोहित पनि दर्शक प्याराफिटमा बसेर उनीहरूको खेलमा रमाएका थिए ।

Received_283144530782635

तिहारको अवसर समेत पारेर त्यहाँ रोहितका फ्यानहरुले गोपिंगंज जिम हाउस र बुद्वबस्ती क्रिकेट क्लब बीच मैत्रीपुर्ण खेल खेलेका थिए ।
राष्ट्रिय कप्तानको अगाडि खेल्न पाउँदा अत्यन्तै गौरव महशुस गरेको पौडेलका फ्यान तथा स्थानीय क्रिकेट खेलाडी दिपक अधिकारीले दैनिक ट्वान्टीफोर खबरलाई बताए ।
क्याप्टेन लाई दर्शक बनाएर क्रिकेट खेल्दा खेल अवधिभर कीर्तिपुर स्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै खेले जस्तो अनुभव भएको अधिकारीको भनाइ थियोे ।
उक्त खेलमा बुद्वबस्ती क्रिकेट क्लबले कप्तान राजु पौडेलको अविजित ५५ रनको मद्दतले १३७ रनको लक्ष्य पेश गरेको थियो । उक्त लक्ष्यलाई पछ्याउँदै जिम हाउसका खेलाडी बिनोद क्षेत्री ८६ रनमा अविजित रहँदा पनि टिमलाई विजयी बनाउन सकेनन् ।
निकै रोमान्चक खेलमा अन्तिम ओभरमा ६ रनको आवश्यकता हुँदा बुद्वबस्तीका बलर अनिल भण्डारीले मेडन सहित १ विकेट लिई जिताएका थिए ।
पुरुस्कार वितरण समारोहमा राष्ट्रिय टिमका कप्तान पौडेलले गाउँमा रहँदा स्थानीय फ्यानहरुले देखाएको माया र आजको पल अत्यन्तै रमाइलो लागेको बताउँदै आफू प्रति देखाएको सद्भाव र माया जिवन्त नभुल्ने बताए ।

नेपाली क्रिकेट टिमप्रति दर्शकले देखाएको क्रेज आफूहरूको लागि हौसला र राष्ट्रिय सम्पत्ति भएको भन्दै उनले यो माया र सद्भावको सम्मान गर्ने बताए ।
तिहार र छठको सम्पूर्णमा शुभकामना व्यक्त गर्दै कप्तान पौडेलले चाडपर्व तडकभडक भन्दापनि आत्मियता , भाईचारा र सामाजिक सद्भावलाई ख्याल राख्दै मनाउन हार्दिकताका साथ अनुरोध गरेको खेल संयोजक सिमराम लटौला जोशीले जानकारी दिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%५%

प्रतिक्रिया दिनुहोस