२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

सुनवलको कीर्तिपुरमा दशैँ विशेष सांस्कृतिक कार्यक्रम,संस्कृतिले नेपालीलाई एकताबद्ध गरेको छ : जिसस प्रमुख यादव

२०८० कार्तिक १२, आईतबार प्रकाशित ( महिना अघि) ३९६ पाठक संख्या

मोहन पौडेल
परासी, ११ कात्तिक । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–३ कीर्तिपुर १ मा आज साँझ दशैँ विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । जेनिथ युथ क्लबको आयोजनामा भएको उक्त सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादव(रुदल)ले संस्कृतिले नेपाली समुदायलाई एकताबद्ध गरेको बताउनुभयो ।
उहाँले मौलिक कला संस्कृतिलाई जर्गेना गर्न जेनिथ युथ क्लबले विगत ३० वर्षदेखि गर्दै आएको सांस्कृतिक कार्यक्रमलाई व्यवस्थित र मर्यादित बनाउँदै निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । जिसस प्रमुख यादवले लोप हुँदै गएका नेपाली मौलिक संस्कृति पाका पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण गर्न यस किसिमका कार्यक्रम सहयोग सिद्ध हुने विश्वास व्यक्त गर्नुभयो ।

J0

“हाम्रो धर्म, संस्कृति विर्सदै जाने एक खालको प्रवृत्ति बढ्दै गएको छ, यसलाई जर्गेना र सुधार गर्दै लैजाने हामी सबैको कर्तव्य हो”, उहाँले भन्नुभयो । पछिल्लो समय सांस्कृतिक कार्यक्रमको नाममा छाडापन र उच्छृंखल प्रस्तुती गरि समाजलाई विकृत बनाउने प्रवृत्ति बसिरहेका बेला जेनिथ युथ क्लबले मौलिक संस्कृतिसहितको प्रस्तुती गरेर उदाहरणीय कार्य गरेको उहाँले बताउनुभयो ।

J

नेपाली मौलिक कला संस्कृतिलाई जर्गेना गर्न र स्थानीय नवप्रतिभाहरुको प्रतिभा प्रस्फुटनमा सहयोग गर्न दशैँ विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको जेनिथ युथ क्लबका अध्यक्ष कूलप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
कार्यक्रममा विभिन्न जाति समुदायका मौलिक भेषभुषासहित सालैजो, सोरठ, कौडा लगायत लोक दोहोरी गीतमा स्थानीय नवप्रतिभावान कलाकारहरुबाट नृत्य प्रस्तुती तथा हांस्यव्यंग्य, क्यारिकेचर लगायतका प्रस्तुतीहरु पनि प्रदर्शन गरिएको क्लबका पूर्व अध्यक्ष बद्रीमान श्रेष्ठले बताउनुभयो । कार्यक्रममा नयाँ पुस्तादेखि पाका पुस्तासम्मलाई आकर्षित गर्ने प्रस्तुतीहरु प्रदर्शन गरिएको थियो ।
उक्त अवसरमा ईलाका प्रहरी कार्यालय सुनवलका प्रमुख प्रहरी निरीक्षक आशिष अधिकारी, सुनवल वडा नं. ३ का वडा अध्यक्ष पविन गुरुङ,स्थानीय समाजसेवी, सञ्चारकर्मीसहित स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो । लोक तथा दोहोरी गायक भरत क्षेत्रीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

J2

 

J3

 

J4

J5

J6

 

J7

 

J8

 

J9

Jj

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस