२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

चिसापानी अस्पतालमा अब निःशुल्क कृत्रिम हातखुट्टा सेवा पाईने

२०८० आश्विन २७, शनिबार प्रकाशित ( महिना अघि) ३६० पाठक संख्या

बर्दघाट,२७ असोज । पश्चिम नवलपरासीको बर्दघाटस्थित चिसापानी अस्पतालमा कृत्रिम हातखुट्टा सेवा परियोजना सुरु भएको छ । चौधरी फाउण्डेसनको सहयोगमा अस्पतालमा सीजी सबल केन्द्र सञ्चालनमा आएको हो ।
निबार प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले अस्पतालमा सबल केन्द्रको उद्घाटन गर्नु भएको हो । अब चिसापानी अस्पतालबाट हातखुट्टा नभएका व्यक्तिले कृत्रिम हातखुट्टा निः शुल्क पाउनेछन् ।
नवलपरासी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य चौधरीले चिसापानी अस्पताललाई यो क्षेत्रकै उत्कृष्ट सेवा प्रदान गर्ने बताउँदै आउनु भएको छ। चौधरी फाउण्डेसनको सहयोगमा अस्पताललाई विशिष्टिकृत सेवा दिने अस्पतालका रुपमा काम भइरहेका बेला शनिबारदेखि सबल केन्द्रको पनि उद्घाटन भएको हो ।
केन्द्रले निशुल्क कृत्रिम हातखुट्टा उपलब्ध गराउँदै आएको छ । सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्रका नागरिकको सेवाकालागि चिसापानी अस्पतालमा सबल केन्द्र स्थापना गरेको चौधरीले बताउनु भयो । चिसापानी अस्पतालबाट देशभरका हातखुट्टा नभएका व्यक्तिले सेवा पाउने चौधरी फाउण्डेसनले जनाएको छ ।
अस्पताललाई यस क्षेत्रको उत्कृष्ट अस्पताल बनाउने फाउण्डेसनको प्रतिवद्धता छ । सांसद चौधरीले चिसापानी अस्पताललाई थप विशिष्टिकृत बनाउन ट्रमा सेन्टरको स्थापना गर्ने बताउनुभएको छ ।
उहाले ट्रमा सेन्टर स्थापनाका लागि सोहि क्षेत्रकै कतिपय नेताहरुले अवरोध गरेको उल्लेख गर्दै आफू यसअभियानबाट पछाडि नहट्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ’यो अस्पतालबाट २४ सै घण्टा सेवा उपलब्ध गराउने गरी काम हुन्छ,यसका लागि हाम्रोतर्फबाट सम्पूर्ण साथ सहयोग हुन्छ,’ उहाँले भन्नुभयो , ’ट्रमा सेन्टर बनाउन यँहिकै केहि नेताहरु लागेको देख्दा म आफै लज्जित बनेको छु । तर यो मेरो प्रतिवद्धता हो कि म बनाएरै छोड्छु ।’
बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठले चिसापानी अस्पतालको सेवा विस्तार र सुधारमा चौधरी फाउण्डेसनले महत्वपूर्ण योगदान गरेको बताउनु यो । नगरपालिकाले सीमित श्रोत र साधनका बाबजुत पनि नगरबासिलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउन लागिपरेको उहाँले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस