२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

महेन्द्र रेग्मीको “ओए साईली” बजारमा

२०८० आश्विन १९, शुक्रबार प्रकाशित ( महिना अघि) ६०३ पाठक संख्या

परासी, १९ असोज । लोक दोहोरी गायक महेन्द्र रेग्मीको नयाँ गीति एल्बम बजारमा आएको छ । रेग्मीले आफ्नो यूट्युब मार्फत ओए साईली नामक गीति एल्बम सार्वजनिक गर्नुभएको हो ।
माया प्रेममा आधारित यस गीतमा गायक रेग्मी आफैले स्वर दिनुभएको छ भने महिला तर्फ सुनिता बुढा क्षेत्रीले स्वरमा साथ दिनुभएको छ । मौलिक शब्दहरु समावेश गरिएको ओए साईली गीतको शब्द तथा लय गायक रेग्मीकै रहेको छ ।
कुमार केसीको निर्देशनमा बनेको यस गीतको म्युजिक भिडियोमा लोमस शर्मा र अस्मिता रणपालले अभिनय गर्नुभएको छ। रेग्मीका यसअघि पनि थुप्रै लोक तथा दोहोरी गीतहरु बजारमा आईसकेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस