२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

रामग्राममा सामुदायिक स्वास्थ्य प्राप्तांक बोर्ड कार्यक्रमको समिक्षा

२०८० भाद्र २६, मंगलबार प्रकाशित ( महिना अघि) ४०३ पाठक संख्या

परासी, २६ भदौ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा सामुदायिक स्वास्थ्य प्राप्तांक बोर्ड कार्यक्रमको समिक्षा गरिएको छ । स्वास्थ्य संस्थाले दिने सेवाहरुलाई थप प्रभावकारी बनाउन र स्वास्थ्य संस्थाको प्रणालीमा सुधार ल्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो ।
रामग्राम नगरपालिकाको शुक्रौली स्वास्थ्य चौकी र उनवछ स्वास्थ्य चौकीमा सामुदायिक स्वास्थ्य प्राप्तांक बोर्ड कार्यक्रमको समिक्षा गरिएको हो । रामग्राम नगरपालिकाको आयोजना तथा फेयर मेड फाउन्डेसन नेपाल र इन्द्रेणी सामाजिक बिकास मञ्च बर्दघाट द्वारा संचालित आधारभूत स्वास्थ्य परियोजनाको आर्थिक तथा प्राबिधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
वडा अध्यक्षसहितको स्वास्थ्य व्यवस्थापन समितिका पदाधिकारी,महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका,स्वास्थ्य आमा समुहका पदाधिकारी र स्वास्थ्यकर्मी गरि त्रिपक्षीय भेलाबाट छलफल गरेर स्वास्थ्य संस्थाहरुको साझा सूचक तयार गर्ने, साझा मूल्यांकन गर्ने, नम्बर बढ्नुको कारणको पहिचान गरि आगामी दिनमा स्वास्थ्य संस्थालाई थप प्रभावकारी बनाउने, वडा हँुदै पालिकालाई नै पूर्ण संस्थागत सुत्केरीयुक्त पालिका घोषणा गर्ने कार्ययोजना, ल्याब सेवा सञ्चालन गर्ने, प्रभावकारी अनुगमन गर्ने लगायतका कार्ययोजना बनाईएको आधारभूत स्वास्थ्य परियोजनाका जिल्ला कार्यक्रम संयोजक पुष्पराज आचार्यले जानकारी दिनुभयो ।
कार्यक्रममा फेयर मेड फाउन्डेशन नेपालका श्रोत व्यवस्थापन तथा साझेदार विज्ञ तुलसीराम खनालले सहजीकरण गर्नुृभएको थियो । शुक्रौली स्वास्थ्य चौकीका ईन्चार्ज बलराम सापकोटाले आफ्नो स्वास्थ्य संस्थाको गुणस्तरीय स्वास्थ्य सेवाका लागि ६ महिना अगाडि सामुदायिक स्वास्थ्य प्राप्तांक बोर्डले बनाएको कार्ययोजनाबाट भएको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो ।
स्वास्थ्य संस्थाले दिने सेवाहरुको विभिन्न सुचकहरु राखेर समुदाय स्तरबाट स्वास्थ्य संस्थाको सेवाको बर्तमान अवस्था र अगामी लक्ष्यका लागि अङ्क भार गरि निर्माण गरिने बोर्डलाई सामुदायिक स्वास्थ्य प्राप्तांक बोर्ड भनिने र उक्त बोर्डले स्वास्थ्य संस्था के कस्तो अवस्थामा छ भन्ने एकिन गर्न सजिलो हुने फेयर मेडका खनालले बताउनुभयो ।
साथै अगामी दिनमा सेवालाई थप प्रभावकारी बनाउन र लक्ष्य प्राप्तिका लागि रणनीति निर्धारण गर्न सहज हुनुका साथै सो बिषयमा बजेट बिनियोजन गर्न पनि ध्यानाकर्षण हुने फेयर मेड फाउन्डेसन नेपालका तुलसीराम खनालले बताउनुभयो ।
यस कार्यक्रमले स्वास्थ्य क्षेत्रको सुधारका पक्ष पहिचानका लागि सकृय हुन सन्देश दिएको बताउँदै रामग्राम नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले अन्य स्वास्थ्य संस्थामा पनि यो कार्यक्रम लागू गर्दै निरन्तरता दिनुपर्ने बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस