२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

भूमहीमा एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताको प्रश्न बिषयक अन्तरक्रिया सम्पन्न

२०८० भाद्र २२, शुक्रबार प्रकाशित ( महिना अघि) ४५७ पाठक संख्या

परासी, २२ भदौ । एमसीसीको प्रभावित क्षेत्र पश्चिम नवलपरासीको भुमहीमा शुक्रवार एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताको प्रश्न विषयमा अन्तरक्रिया गरिएको छ । अन्तरक्रियामा बोल्ने बक्ताहरुले एमसीसी खारेजीका लागि जनतालाई लिएर मोर्चाबन्दी जरुरी रहेको औल्याए ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको आयोजनामा भएको कार्यक्रममा सो पार्टीका स्थायी समिति सदस्य अनिल सीले एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताको प्रश्न अवधारणा प्रस्तुत गर्नुभएको थियो । उहाँले एमसीसी खारेजीका लागि बृहत मोर्चाबन्दी आवश्यक रहेको चर्चा गर्नुभयो । कार्यक्रममा नेपाल समाजवादी पार्टीका नेता  तथा सबिद्यानसभा सदस्य चिनक कुर्मीले एमसीसी मार्फत सेना आए देशको स्वाधीनताको लागि बलिदान दिन तयार रहेको दावी गर्नुभयो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले एमसिसी मार्फत अमेरिकी सेनाको क्रिडास्थल बनाएर राज्यको प्राकृतिक सम्पत्ति दोहन गर्न लागेको बताउनुभयो ।
उहाँले अन्तराष्ट्रिय कानुन विपरीत सम्झौता गरिएको र देशकै संविधान भन्दा माथि बनाएर पास गरिएको उल्लेख गर्नुभयो ।  थापाले नेकपाले राष्ट्रघाती संसदीय पार्टीहरु माओवादी केन्द्र,  एकीकृत समाजवादी, जसपा लगायत संग समाजवादी मोर्चा बनाएर साम्राज्यवादीहरु संग लड्ने कुरा एक प्रकारको हास्यस्पद रहेको चर्चा गर्नुभयो । पहिले माके, एसलगायतका पार्टीहरु एमसीसी बिरोधी जस्ता देखिए–उहाँले भन्नुभयो– पछि ब्याख्यात्मक टिप्पणी गर्दै राष्ट्रघातमै सरिक भए । साम्राज्यवादका बुख्याचाहरु संग नेकपाले बनाएको समाजवादी मोर्चा कस्तो हो ?
उहाँले राष्ट्रघाती महाकाली सन्धिमा जस्तै माधव नेपालले पनि एमसीसीमा राष्ट्रघाती कदम चालेको बताउनुभयो । देशभक्तहरुबीच सहकार्य गरेर एमसीसीलाई लखेट्न सकिने उहाँको जिकिर थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका प्रदेश सदस्य तिलक सुवेदीले एमसिसी लगानी मात्र नभई राजनीतिक अस्थिरता निम्त्याउन र प्राकृतिक श्रोतको दोहन गर्न आएको आरोप लगाउनुभयो । उहाँले नयाँ भनेकै राम्रो हुन्छ भन्ने सोचले युक्रेनमा द्वन्द बढेको र राजनीति चेतना नभएका व्यक्तिले राज्य संचालन गर्दा देशमा युक्रेन जस्तैःघटना घट्ने सम्भावना बढेको चर्चा गर्नुभयो ।
जनता समाजवादी पार्टी नवलपरासीका जिल्ला अध्यक्ष धरेन्द्र यादवले सदन र सत्तामा गएका नेताहरू राज्यको सम्पत्ति चोर बनी विदेशीको गुलाम बनेको आरोप लगाउनुभयो । स्वनिर्भर अभियानका संयोजक डा. शिव शंकर बस्यालले राजनीतिक बेइमानीले गर्दा देशमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप बढेको बताउदै क्रान्तिकारी नेताले बोली र व्यवहारमा फरकपन देखिएको बताउनुभयो । उहाँले प्रतिक्रियावादलाई परास्त गर्न एक अर्कोलाई दोषारोपण नगरी देशभक्त राष्ट्रवादीहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्ने जोड दिनुभयो ।
कार्यक्रममा नेकपा पोलिटब्युरो सदस्य एव पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज बसन्त सि,जनपत्रकार संगठनका पुर्व केन्दीय अध्यक्ष प्रकाश डुम्रे, क्रान्तिकारी पत्रकार महासंघका महासचिव रवि पाण्डेयलगायत जिल्ला बिभिन्न सरोकारवाला निकायको उपस्थिति रहेको थियो । कार्यक्रम नेकपा जिल्ला इन्चार्ज कमल सीको अध्यक्षता जिल्ला सदस्य लोकमानको स्वागत र जिल्ला सचिव प्रतापको संचालनमा भएको थियो ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस