२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

जुन दिन बुबाको गोजी रित्तियो….

२०८० भाद्र ११, सोमबार प्रकाशित ( महिना अघि) ५०० पाठक संख्या

 

जुन दिन बुबाको गोजी रित्तयो बचत सकियो
त्यही दिन देखि छिमेकीको पनि मद्दत सकियो।।

आगोले आगो निभाउन सक्दैन बुझ्नु पर्छ
मौन छु नसोच्नु मेरो बोल्ने हिम्मत सकियो ।।

जस्ले छोएको समेत खान नहुने सोच राखियो
उसैले बचायो जब दुर्घटनामा रगत सकियो ।।।

तिमीले अर्कैको सिउँदो रंगाएको देखे पछि त
लाग्यो अब आँखाको पनि जरूरत सकियो ।।

जुन दिन बुबाको गोजी रित्तियो बचत सकियो
त्यही दिन देखि छिमेकिको पनि मद्दत सकियाे ।।

                                                           परासी,नवलपरासी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%२%

प्रतिक्रिया दिनुहोस