२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

केन्द्रको निर्णयमा असहमति जनाउँदै परासीमा महिला संघको छुट्टै जिल्ला तदर्थ समिति

२०८० श्रावण २०, शनिबार प्रकाशित ( महिना अघि) १२६९ पाठक संख्या

परासी,२० साउन । नेपाली काङ्ग्रेसमा आवद्ध पश्चिम नवलपरासीका महिला नेतृहरुको जिल्ला भेला आज सुनवलमा सम्पन्न भएको छ ।
भेलाले पार्टीको भातृसंगठन नेपाल महिला संघको केन्द्रले मनोनयन गरेको जिल्ला नेतृत्वप्रति असहमति जनाउँदै मिठु कुमारी केसीको नेतृत्वमा १५ सदस्यीय  छुट्टै जिल्ला तदर्थ समिति गठन गरेको छ ।
महिला संघ जिल्ला कार्यसमितिको पदावधि सकिए सगै संघको केन्द्रले जिल्ला सभापतिका लागि तीन जनाको नाम सिफारिस गर्न जिल्ला कार्यसमितिलाई पत्र पठाएको थियो । केन्द्रले पत्र पठाएकै भोलिपल्ट तारादेवी भण्डारीलाई सभापति मनोनयन गरिएको पत्र पठाएपछि जिल्लामा असन्तुष्टि बढेको महिला नेतृहरुले बताएका छन् ।
जिल्लाले सिफारिस गर्न नपाउँदै केन्द्रीय अध्यक्ष उषा रावत मिश्रले भन्डारीलाई सभापति तोकेर पत्र पठाएपछि जिल्लाका महिला नेतृहरुले बिधान बिपरित भएको भन्दै असन्तुष्टि  ब्यक्त गरेका हुन्  ।
तदर्थ समिति अध्यक्ष केसीले सबै महिलाहरू अवसरका लागि पार्टीमा दु:ख गरेको बताउँदै कुनै ब्यक्ति विशेषलाई नै तोकेर पठाउने भए अरुले राजनीति किन गर्ने भन्दै प्रश्न गर्नुभयो ।
विशेषगरी सस्थापन पक्षले एकोहोरो रुपमा पत्र पठाएको र बिधान अनुरुप चल्नु पर्ने भन्दै ईतर समुहले असन्तुष्टि जनाउँदै आएको छ ।केन्द्रले तोकेर पठाएको पत्र आधिकारिक भएकोले सोही मनोनयन नै मान्य हुने जिल्लाका सस्थापन पक्षका नेताहरूको भनाई छ ।तर पत्र आएपछि महिला संघमा आबद्ध अधिकांश महिलाहरुले आपत्ति जनाएका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस