२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

भरत क्षेत्रीले ल्याए तीजको मौलिक गीति एल्बम “काली बरीलै”

२०८० श्रावण ११, बिहिबार प्रकाशित ( महिना अघि) ७१० पाठक संख्या

परासी, ११ साउन । लोक तथा दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक तथा कलाकार भरत क्षेत्रीको तीजको कोशेली काली बरिलै सार्वजनिक भएको छ । भरत क्षेत्री यूटुब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीति एल्बम छोटो समयमै चर्चा पाउन थालेको छ ।
भरत क्षेत्रीलाई सुनिता बुढा क्षेत्रीले स्वरमा साथ दिनुभएको काली बरिलै तीजको गीतमा मौलिकता समेट्न खोजिएके छ । व्यवसायिक हिसावले भन्दा पनि मौलिक संस्कृति जर्गेना गर्ने उद्देश्यले श्रीमान श्रीमतीबीचको पारिवारिक संवादलाई गीतमा ढालेको गायक क्षेत्रीले दैनिक24खबरलाई बताउनुभयो ।
पछिल्लो समय तीजका गीत असभ्य र भाईरल हुने नाममा संस्कृति माथि नै प्रहार हुने गरि ल्याउने प्रचलन बढिरहेको बेला क्षेत्रीको यो गीतले ग्रामीण परिवारको कथालाई मौलिक रुपमा प्रस्तुत गरेको छ । राम्रो लाउन खान पाए हुन्थ्यो भन्ने भावमा श्रीमान श्रीमतीबीच भएको संवादकलाई गीतमा ढालिएको छ ।
महेन्द्र रेग्मीको शब्द संगीत रहेको यस गीतको म्युजिक भिडियोमा गायक भरत क्षेत्री र यशु भट्टराईको जीवन्त अभिनय रहेको छ । म्युजिक भिडियोलाई कुमार केसीले निर्देशन गर्नुभएको छ । गायक क्षेत्रीको तीज सम्बन्धी यो पाँचौ एल्बम हो । गायक क्षेत्री राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पश्चिम नवलपरासीका निवर्तमान अध्यक्ष हुनुहुन्छ । क्षेत्रीको यसअघि पनि विभिन्न मौलिक दोहोरी गितहरु, रोइला, सालैजो, झ्याउरे सहित करिब तीन दर्जन गीत बजारमा आईसकेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस