२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

क्रान्तिकारी कम्युनिष्ट पार्टी नवलपरासीद्वारा संर्घषका कार्यक्रम सार्वजनिक

२०८० श्रावण १, सोमबार प्रकाशित (0 महिना अघि) ४३६ पाठक संख्या

नवलपरासी,१ साउन ।  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति नवलपरासी(बसुप)ले सोमवार एक बिज्ञप्ति जारी गर्दै जिल्लास्तरमा पूर्व पार्टीहरु नेकपा (क्रान्तिकारी माओवादी) र पूर्व नेकपा (बहुमत)लाई औपचारिक रुपमा बिघटन गरिएको जनाएको छ । पार्टीको असार ३० गते सम्पन्न एकता अधिबेशन, प्रशिक्षण तथा बैठकको निर्णय सार्वजनिक गर्दै जिल्ला संयोजक समर र सहसंयोजक श्रमिकद्वारा संयुक्त रुपमा हस्ताक्षरित बिज्ञप्तिमा बिघठित दुवै पार्टी, कुनै समुह वा जनवर्गीय संगठनको नाममा गतिबिधि गरेको पाइएमा त्यसलाई अनुशासनको दायरामा ल्याइने उल्लेख छ ।
साथै पार्टीले जनसंर्घषका कार्यक्रम सार्वजनिक समेत गरेको छ । कार्यक्रम अन्तरगत जिल्लामा सुदखोरहरुको पहिचान गर्र्दै मिटर ब्याज,लघुबित्तीय समस्या र चर्काे ब्याजको बिरुद्ध संर्घष उठान गर्ने , स्थानीय तह तथा जिल्लाका बिभिन्न कार्यालयहरुमा हुने गरेका भष्ट्रचार तथा कमिशनखोरी एंव उपभोग्य सामानमा भएका कालाबजारी तथा महंगीका बिरुद्ध जनसंर्घष गर्नेलगायतका कार्यक्रम समाबेश गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस