२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

आधा सिन्दुर टेलि सिरियल प्रसारण हुँदै

२०८० अषाढ १६, शनिबार प्रकाशित (0 महिना अघि) १२०७ पाठक संख्या

दैनिक24खबर

परासी,१६ असार । एकल महिलाको संघर्ष र कथामा आधारित आाधा सिन्दुर नामक टेलि श्रृङखला बन्ने भएको छ । उक्त टेलि सिरियल हरेक हप्ताको शुक्रबार साँझ ७ बजे युटुब मार्फत प्रसारण हुनेछ ।
समाजको यर्थाथता चित्रण गरेको आधा सिन्दुर सिरियलमा यस्तो कहानी हुन्छ,जहाँ एकल महिला हुन्छिन भने अर्को तर्फ श्रीमान श्रीमती र छोरी भएको अर्को परिवार हुन्छ । थप अर्को पनि परिवार हुन्छ जसमा सासु वुहारी र छोरा हुन्छन् ।
त्यस्तै त्यो समाजमा अर्को पनि परिवार हुन्छ,जमसा एकल महिलाको कारुणीक कथा समावेश गरिएको छ । समाजको समृद्धि र जनचेतना को लागी वनेको सिरियललाई समर्पित शुक्रले छायाङकन तथा निर्देशन गरेका छन् ।
रेश्मा विकको कथा लेखन रहेको सिरियललाई शिशिर र फेरसीले ब्यवस्थापन गरेका छन् । सिरियलमा समर्पित शुक्र, अन्जु माझी, शिशिर लक्की, सविना सदाशंकर, सरु खड्का सेर बहादुर लामा , रिता कार्कि, भावना कार्कि,राजेश मगर, मन्जु अधिकारी, दिब्य वस्नेत , केशव विक , कुसुम विक लगायतको भुमिका रहने छ । त्यस्तै समर्पित सुक्रको सम्पादन तथा कोपिल आर के मगरको म्युजिक रहने सिरियलको भाग ८ मा शिखा मिडिया प्रा.लि द्धारा संचालित दर्पण पोष्टका अध्यक्ष विमल भट्टराई पनि सिरियलमा देखिने भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस