२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

तीन कम्युनिष्ट पार्टीले संयुक्त रुपमा मनाए जनआन्दोलन दिवस

२०७९ चैत्र २४, शुक्रबार प्रकाशित ( साल अघि) ४१७ पाठक संख्या

नवलपरासी,२४ चैत  – नवलपरासी पश्चिममा तीनवटा कम्युनिष्ट पार्टीले संयुक्त रुपमा जनआन्दोलन दिवस मनाएका छन् ।
नेकपा(क्रान्तिकारी माओवादी) नेकपा(बहुमत) र नेकपा(मशाल)ले बर्दघाटमा संयुक्त रुपमा जनआन्दोलन दिवस मनाएका भएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा(क्रान्तिकारी माओवादी)का केन्द्रीय सल्लाहकार तथा जिल्ला ईञ्चार्ज संकल्पले क्रान्तिकारीहरुको एकताको लागि आजको दिन महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले क्रान्तिकारी माओवादी र नेकपा(बहुमत) बीचको एकताले क्रान्तिकारीहरु बीच नयाँ आशा संचार भएको बताउनुभयो ।
कार्यक्रममा नेकपा( बहुमत) महाधिवेशन आयोजक समिति सदस्य एवं जिल्ला ईञ्चार्ज शितलले क्रान्तिकारी एकताबाट देशमा नयाँ धुब्रीकरण शुरु भइसकेको औल्याउनुभयो ।
कार्यक्रममा नेकपा( मशाल) का जिल्ला सेक्रेटरी मिलन; जिल्ला सदस्य बिस्फोटलगायतले बोल्नुभएको थियो । कार्यक्रम नेकपा (बहुमत)का जिल्ला संयोजक दिपको अध्यक्षता क्रान्तिकारी माओवादी जिल्ला सेक्रेटरी समरको संचालनमा भएको थियो । तीनवटै पार्टीले पार्टी एकता संयोजन समिति गठन गरेर बैचारिक बहस गर्दै आएका थिए । बैचारिक बहसबीच नेकपा(क्रान्तिकारी माओवादी) र नेकपा(बहुमत) बीच शुक्रबार पार्टी एकता घोषणा सम्बन्धि पत्रकार भेटघाट कार्यक्रम काठमाडौमा गरिएको थियो ।
कार्यक्रममा स्वबियुमा निर्वाचित हुनुभएका बिद्यार्थी नेता सन्देश सापकोटालाई बधाई तथा सम्मान गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस