२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

स्वास्थ्य मन्त्री त्रिपाठीद्धारा सुनवलको अस्थायी कोभिड अस्पताल निरीक्षण

२०७८ जेष्ठ २१, शुक्रबार प्रकाशित ( साल अघि) १७५३ पाठक संख्या

सुनवल, जेठ २१ । पश्चिम नवलपरासीको सुनवलमा रहेको अस्थायी कोभिड अस्पतालको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले निरिक्षण गर्नुभएको छ । गृहजिल्ला आउनुभएका मन्त्री त्रिपाठीले आज उक्त अस्पतालको निरीक्षण गर्दै सीमित स्वास्थ्य सामग्री र जनशक्तिकाबीच पनि सुनवल नगरपालिकाले स्तरिय सेवा सुविधा सहित अस्थाई कोभिड अस्पताल संचालनमा ल्याएको भन्र्दै प्रशसा गर्नुभयो ।
उहाँले कोरोना महमारीअवाट सवै नगरिकलाई वचाउन नेपाल सरकारले सवै प्रयत्न गरेको बताउनुभयो । कोरोना विरुद्धको खोप विभिन्न देशहरुबाट ल्याउनका लागी प्रयास भैरहेको समेत मन्त्री त्रिपाठीले बताउनुभयो । त्यस्तै सरकारले तेस्रो चरणको महमारी आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै आवश्यक पुर्वतयारीमा जुटेको उहाँको भनाई छ ।
सो अवसरमा नगरप्रमुख भीम वहादुर थापाले अस्थायी कोभिड अस्पतालको संचालन र अवस्थाका वारेमा मन्त्री त्रिपाठिलाई जानकारी गराउनुभएको थियो । अस्पतालको निरिक्षणको क्रममा प्रदेश सभा सदस्य अजय शाही , सुनवल नगरपालिकाका नगर उपप्रमुख दधिराम अर्याल, प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्र, स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण प्रसाद पोखरेल, सुरक्षा निकायका प्रमुखहरु, जनप्रतिनिधिहरु तथा समाजसेविहरुको समेत उपस्थिति रहेको सिनियर अहेब चुडामणि नेपालले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस