२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

कोरोनाको हटस्पट बन्दै काठमाडौं उपत्यका

२०७८ बैशाख ४, शनिबार प्रकाशित ( साल अघि) १९०६ पाठक संख्या

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ३ हजार ७० पुगेको छ ।

नयाँ संक्रमित ८३६ र ६४ गरी ९०० (पिसिआर र एन्टिजेन विधिबाट) जना थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ९ सय जना संक्रमित फेला परेकोमा काठमाडौँ उपत्यकामा सर्वाधिक ३ सय ४८ जना संक्रमित भएका हुन् ।

काठमाडौँमा २८६, ललितपुरमा ४३ र भक्तपुरमा १९ जनामा संक्रमण पुष्टि भएको छ । बाँकेमा १ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ ।

थपिएकासहित कुल संक्रमितको संख्या २ लाख ८२ हजार ८९० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्वास्थ्य लाभ गर्नेको संख्या २०८ छ । योसहित कुल स्वास्थ्य लाभ गर्नेको संख्या २ लाख ७४ हजार ८१२ पुगेको छ ।

मन्त्रालयका अनुसार आजसम्म २३ लाख ३५ हजार ८४ जनाको पिसिआर टेस्ट भएको छ । अहिले देशभरका आइसोलेशनमा ५ हजार ८ र क्वारेन्टाइनमा रहनेको संख्या ७७ छ ।

छिमेक राष्ट्रहरुमा संक्रमण बढेसँगै मन्त्रालयले सावधानी अपनाउन आग्रह गरेको छ । सीमा नाकामा कडाईसँगै चेकजाँच समेत बढाइएको छ । पछिल्लो समय देशमा संक्रमितको दर बढ्दो छ ।

यति हुँदापनि विद्यालय र यातायात बारे सरकारले बन्द र जोरबिजोर गर्ने कुनै निर्णय गरेको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस