२०८३ जेष्ठ ३१, आईतबार
24 खबर अपडेट

नेकपा एस रोजेका बर्दघाट-२ का वडा सदस्य पाण्डे एमालेमै फर्किए

२०७८ भाद्र २२, मंगलबार प्रकाशित ( साल अघि) १६१८ पाठक संख्या

 

परासी, २२ भदौ । नेकपा एमालेबाट निर्वाचित पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका -२ का वडा सदस्य कृष्णप्रसाद पाण्डेले नेकपा (एस) का पक्षमा गरेको सनाखत फिर्ता लिनुभएको छ ।
सनाखत गर्ने अन्तिम समय सकिनै लाग्दा मंगलबार जिल्ला निर्वाचन कार्यालय परासी पुगेर उहाँले सनाखत फिर्ता लिनुभएक‍ो हो ।
सोमबार पाण्डे सहित बर्दघाट-९ का वडा अध्यक्ष चन्द्रकान्त चापागाईंले नेकपा (एस) रोजेका थिए ।
नेकपा एकीकृत समाजवादीमा जाने निर्णय गरेपनि सबै शुभचिन्तक तथा सहकर्मीहरुको सल्लाह सुझावलाई मध्यनजर गरि आफू मुलधार नेकपा एमालेमै रहने निर्णय गरि नेकपा एसको पक्षमा गरेको सनाखत आज फिर्ता लिएको पाण्डेले बताउनुभयो ।
जिल्लामा एकजना जनप्रतिनिधिले मात्र नेकपा एसको पक्षमा सनाखत गरेको जिल्ला निर्वाचन अधिकारी सुजाता खत्रीले बताउनुभयो । सनाखत फिर्ता लिएका पाण्डेको दर्ता नं १२७ रहेको उहाँले बताउनुभयो ।
एमालेबाट निर्वाचित एक जना बाहेक जिल्लाका सबै जनप्रतिनिधि मुलधारको पार्टीमै रहेको बर्दघाट नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिनुभयो

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%

प्रतिक्रिया दिनुहोस