२०८३ बैशाख ३१, बिहिबार
24 खबर अपडेट

त्रिविको हाल सञ्चालित परीक्षा नरोकिने

२०७८ श्रावण २४, आईतबार प्रकाशित ( साल अघि) ११३५ पाठक संख्या

काठमाडौं, साउन २४ त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालन भइरहेका कुनै पनि परीक्षा नरोकिने बताएको छ । आइतबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले हाल सञ्चालन भइरहेको परीक्षामा विद्यार्थी संख्या थोरै भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

अहिले सञ्चालन भइरहेको परीक्षामा विद्यार्थी संख्या थोरै भएकोले नियमित गर्ने र अब हुने परीक्षाहरु भने स्थिति अनुसार विकल्पमा जान सक्ने गरी निर्णय गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिएका हुन् । त्रिविले सञ्चालन गरिरहेको वार्षिक परीक्षाहरु साउन २९ गते र सेमेष्टर प्रणालीका परीक्षा भदौ ५ गते सकिँदैछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस