२०८३ भाद्र १६, मंगलबार
24 खबर अपडेट

जेनजी आन्दोलनमा क्षति पुगेको घोराही मालपोतलाई ज्योति विकास बैंकको कम्प्युटर सहयोग

२०८२ आश्विन २८, मंगलबार प्रकाशित (0 महिना अघि) ६१९ पाठक संख्या

दाङ,२८ असोज । जेनजी आन्दोलनको क्रममा पूर्ण क्षति पुगेको दाङ घोराहीस्थित भूमिसुधार तथा मालपोत कार्यालय घोराहीलाई ज्योति विकास बैंकले कम्प्युटर सहयोग गरेको छ ।
गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा भएको आगजनीका कारण कार्यालयका अधिकांश सामग्री नष्ट भएपछि सेवाप्रवाहमा सहजता ल्याउन ज्योति विकास बैंकले सहयोग गरेको हो ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत जनताको प्रत्यक्ष सरोकार रहेको मालपोत कार्यालयलाई अत्यावश्यक सामग्री एक थान कम्प्युटर हस्तान्तरण गरेको ज्योति विकास बैंक घोराही शाखाका प्रबन्धक दीपक अधिकारीले जानकारी दिनुभयो ।
“जनताको अधिक भिडभाड हुने र प्रत्यक्ष सरोकार रहने मालपोत कार्यालयमा भएको क्षतिका कारण सेवाप्रवाहमा समस्या रहेको र सेवाग्राहीले सास्त भोग्नुपर्ने अवस्थालाई सहजीकरण गर्न बैंकले आफ्नो संस्थागत उत्तरदायित्व बहन गर्दै सहयोग स्वरूप कम्प्युटर उपलब्ध गराएको हो”, प्रबन्धक अधिकारीले भन्नुभयो ।
यो सहयोगले कार्यालय घोराहीको सेवा प्रवाहलाई सहज र छरितो बनाउन मद्दत पुग्ने भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख कमल प्रसाद पौडेल बताउनुभयो । उक्त अवसरमा बैँकका कर्मचारी, मालपोत कार्यालयका प्रतिनिधिहरू लगायतको पनि सहभागिता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस