२०८२ आश्विन २७, सोमबार
24 खबर अपडेट

अबको विकल्प देशभक्त क्रान्तिकारी जनवादी तथा वामपन्थीको स्वाधीन संयुक्त सरकार

२०८२ आश्विन ६, सोमबार प्रकाशित ( हफ्ता अघि) १४२ पाठक संख्या

नवलपरासी, ६ असोज । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले स्वाधीन संयुक्त सरकारले मात्र देशमा राजनीतिक निकाश दिने बताएको छ ।
पार्टीको आइतवार सम्पन्न जिल्ला सचिवालयको बैठकको बक्तब्य सार्वजनिक गर्दै सो पार्टीले संसदीय व्यवस्थाको विकल्प राष्ट्रिय राजनीतिक सम्मेलन, क्रान्तिकारी संयुक्त मोर्चा, देशभक्त, क्रान्तिकारी जनवादी तथा वामपन्थीहरूको स्वाधीन संयुक्त सरकार र जनसंविधानको निर्माण मात्र रहेको बताएको हो ।
अहिले अग्रगामी भन्दा पनि यथास्थितिवादी र पश्चगामी शक्तिकै बीचमा देशको राजनीति घुमेको अवस्था रहेको भन्दै उक्त पार्टीले सचेत रहन सबैलाई आग्रह गरेको छ । पार्टीका जिल्ला सेक्रेटरी रवि पाण्डेयद्वारा हस्ताक्षरित बक्तब्यमा आंशिक उपलब्धिको रक्षा गर्दै अग्रगमनतर्फ अगाडि बढन आग्रह गरिएको हो ।
बक्तब्यमा जेनजी आन्दोलनमा सहभागी युवाहरु माथि राज्यले मुद्धा चलाउन थालेको भन्दै जेनजी आन्दोलनको मुलमर्मलाई स्विकार गर्नुपर्नेमा जोड दिइएको छ । बक्तब्यमा थप भनिएको छ – सरकारले छानविन समितिको गठन समेत गरेको सन्र्दभमा हाम्रो जिल्लामा जेनजी आन्दोलनमा सहभागीहरुलाई जेनजी आन्दोलनको मर्म विपरित दबाबमा आएर नियन्त्रणमा लिने कार्य गरिरहेको जानकारी प्राप्त भएको छ । हाम्रो पार्टी पक्राउ गर्ने कार्य तुरुन्त बन्द गर्न र पक्राउ परेकाहरुलाई यथोचित राजनैतिक ब्यवहार गर्दै रिहाईको माग गर्दछ ।

Messenger_creation_AEE41D3A 21B5 4DC0 8801 7A145947C0C4

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस