२०८२ अषाढ ९, सोमबार
24 खबर अपडेट

नवलपरासीमा मदन भण्डारी जयन्तीको अवसरमा सप्ताहव्यापी कार्यक्रम रक्तदानबाट शुरु

२०८२ अषाढ ८, आईतबार प्रकाशित ( दिन अघि) १७९ पाठक संख्या

परासी, ८ असार । जननेता मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा पश्चिम नवलपरासीमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको छ।
मदन भण्डारी फाउण्डेसन जिल्ला शाखाले आज पहिलो दिन रक्तदान कार्यक्रम गरी मदन जयन्ती सप्ताहव्यापी रुपमा मनाउन शुरु गरेको हो । भूमहीमा आयोजित सप्ताह उद्घाटन तथा रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै सुनवल नगर प्रमुख बिमला अर्यालले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको सिद्धान्तलाई अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले मदन भण्डारीका विचारलाई आम जनतासामू फैलाउने फाउण्डेसनले गरेको प्रयासको प्रशंसा गर्नुभयो । आगामी दिनमा पनि विभिन्न रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम गरी नेकपा एमालेलाई सुदृढ गर्न आग्रह गर्दै एमालेमा आवद्ध नेता कार्यकर्तालाई उर्जा र उत्साह भर्न पनि फाउण्डेसनको योगदान महत्वपूर्ण हुनेमा नगर प्रमुख अर्यालले विश्वास व्यक्त गर्नुभयो ।
मदन भण्डारी फाउण्डेसनका जिल्ला अध्यक्ष श्याम कुमार बस्यालले जननेता मदन भण्डारीका विचार र योगदानलाई जनस्तरमा पुर्याउन जिल्लामा पहिलोपटक सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको बताउनुभयो । विभिन्न सामाजिक कार्यक्रममार्फत फाउण्डेसनले आफ्ना गतिविधि शुरु गरेको बताउँदै अध्यक्ष बस्यालले समाजसेवा र नेकपा एमालेको पार्टी संगठनलाई समेत सहयोग पुग्ने गरी फाउण्डेसन अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा फाउण्डेसनका पूर्व अध्यक्ष थानप्रसाद गैरे, प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहाका प्रमुख एसएसपी अनुपम समशेर जबरा लगायतको पनि सहभागिता थियो । उक्त कार्यक्रममा स्थानीय युवा, समाजसेवी, सुरक्षाकर्मी लगायत गरी २० जनाले रक्तदान गरेको कार्यक्रम संयोजक सुदीप पौडेलले बताउनुभयो ।
सप्ताहव्यापी कार्यक्रम अन्र्तगत भोली दोस्रो दिन सुनवल वनकट्टीमा वृक्षारोपण तथा नगर कमिटी गठन,असार १० गते प्रतापपुरमा रक्तदान तथा वृक्षारोपण,११ गते सरावल भुजहवामा वृक्षारोपण,१२ गते परासीमा खुशी साटासाट,१३ गते परासीमा विचार गोष्ठी र १४ गते बर्दघाटमा साहित्यीक कार्यक्रम आयोजना गरिएको मदन भण्डारी फाउण्डेसनका सचिव चोलाकान्त रेग्मीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस