नवलपरासी,२१ जेठ : क्रान्तिकारी कम्युनिस्ट पार्टी जिल्ला समिति नवलपरासीले भ्रष्टाचार विरुद्ध अभियान संचालन गर्ने भएको छ । पार्टीको बुधबार बर्दघाटमा सम्पन्न जिल्ला समितिको पाचौं पुर्ण बैठकले संस्थागत भ्रष्टाचारले देश खोक्रो भएको भन्दै अभियान संचालन गर्ने निर्णय गरिएको हो ।
जस अनुसार असार ५ गते केन्द्रीय योजना अनुसार अभियान उदघाटन समेत गरिने सो पार्टीले जनाएको छ । बैठकमा पार्टीका पोलिटब्युरो सदस्य एवं ब्युरो इन्चार्ज प्रमोद , ब्युरो सेक्रेटरी सुबोध, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सङ्कल्पलगायतले प्रशिक्षण दिएको केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी समरले बताए ।
यसैबीच पार्टीको आयोजनामा पार्टी सदस्य सम्मको लागि राजनैतिक बैचारिक प्रशिक्षण गरिएको सेक्रेटरी समरले जानकारी दिए । प्रशिक्षणमा रामग्राम,सुनवल,बर्दघाट, सुस्ता र प्रतापपुर गाउँपालिकाका कार्यकर्ता सहभागी थिए ।
C1