२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

जगन्नाथपुर अस्पतालमा निर्मित सुत्केरी कुरुवा कक्ष सञ्चालनमा

२०८० चैत्र ४, आईतबार प्रकाशित ( महिना अघि) २५८ पाठक संख्या

परासी, ४ चैत । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको सेमरीस्थित जगन्नाथपुर अस्पातालमा निर्माण गरिएको सुत्केरी कुरुवा कक्ष सञ्चालनमा आएको छ । प्रतापपुर गांउँपालिकासहित इन्देणी सामाजिक विकास मञ्च,बर्दघाट एवं फेयरमेड फाउण्डेशन नेपालसँंगको साझेदारीमा संचालित आधारभूत स्वास्थ्य परियोजनाको सयुक्त लगानीमा कुरुवा कक्ष निर्माण गरिएको हो ।
गाउँपालिकाको रु दुई लाख पंचास हजार र परियोजनाको तर्फबाट ५ लाख गरी रु ७ लाख ५० हजारको लागतमा कुरुवा कक्ष निर्माण गरिएको परियोजनाका जिल्ला संयोजक पुष्पराज आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार सन् २०२४ मा परियोजनाले करिब एक लाख ४० हजार बराबरको किचेन पार्टेशन, पानीधारा, कुरुवाका लागि चाहिने बेड तथा अति आबश्यकिय सामग्रीहरु सहयोग गरि नमुना सुत्केरी कुरुवा कक्ष संचालनमा आएको हो ।

Ku1

विशेषगरी ग्रामिण विपन्न समुदायका महिलाहरु सुत्केरी हुँदा, प्रसुती गृह भरिभराउ भएको अवस्थामा महिला र बच्चाको स्वास्थ्य हेरचाह गर्न, सुत्केरी भएको २४ घण्टा सम्म सुत्केरीका कुरुवाहरु अस्पतालको भुईँमा र गल्लीमा सुत्नु पर्ने बाध्यता हटाउन, बच्चा हुने वित्तिकै कुरुवाले आपनो बसाई व्यवस्थापन मिलाउन कठिन हुने हुदा छिटो घर लैजान खोज्ने अवस्थाको अन्त्य गर्न, आमा र बच्चाको स्वास्थ्यमा फलोअफ र चेक जांँचमा सहज पहुंच एवं रातीको समयमा डिस्चार्ज हुँदां बाहिर होटलहरु नभएकोले तत्काल बस्न र खान समस्याको सामाधान सहित सहज बनाउन र घरमा हुने सुत्केरीलाई कम बनाई पुर्ण संस्थागत सुत्केरी अभियानलाई सार्थक बनाउन अस्पतालको मागका आधरमा कुरुवा कक्ष नर्माण गरिएको परियोजनाका जिल्ला कार्यक्रम संयोजक आचार्यले बताउनु भयो ।
प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले विशेषगरी विपन्न तथा ग्रामिण भेगका महिलाहरुलाई यो कुरुवा कक्षले सहज बनाएको र रातविरात अस्पतालबाट घर जाँदा हुने जोखिम कम भएको बताउँदै सुत्केरी र कुरुवाको पोषणमा समेत कुरुवा कक्षको किचेन र खाद्य व्यवस्थापन अवधारणाले निकै राम्रो सेवा पाएको बताउनुभयो । सुत्केरी कुरुवा कक्ष संचालनमा आए देखि २१ जनाले सेवा लिएको र सेवा ग्राहीलाई पानी तताउन देखि खाद्य खाना र बस्न सहज भएको अस्पतालका व्यवस्थापक कुन्दन चौधरीले बताउनु भयो ।
यसै गरी सुत्केरी कृरुवा कक्षले आमा र बच्चाको स्वास्थ्यमा सहज पहुंच र संस्थागत पुर्ण सुत्केरीको अभियान र समाजकल्याण परिषदले दिएको सुझावका आधारमा फेयरमेड नेपालले लगानी गरेको, सेमरी कृरुवा कक्ष आफैमा नेपालको मोडल व्यवस्थापनमा संचालनमा आएको, यसै हप्तामा स्वास्थ्य मन्त्रालय र समाज कल्याण परिषदको सयुक्त अनुगमन क्रममा राम्रो कार्य भएको र यो नमुना व्यवस्थापनमा संचालन भएको फेयरमेड फाउण्डेशन नेपालका टिम लिडर शशिलाल कर्णले बताउनुभयो ।

Ku2

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस