२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

रामग्रामका स्वास्थ्यकर्मीलाई उपेक्षित उष्ण प्रदेशीय रोग निवारण सम्बन्धी पुनःताजगी तालिम

२०८० चैत्र २, शुक्रबार प्रकाशित ( महिना अघि) २५७ पाठक संख्या

परासी, २ चैत । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका स्वास्थ्यकर्मीहरुलाई उपेक्षित उष्णप्रदेशिय रोगहरु सम्बन्धी पुनःताजगी तालिम दिइएको छ ।
फेयर मेड फाउन्डेसन नेपाल र इन्द्रेणी सामाजिक बिकास मञ्च नवलपरासीद्वारा साझेदारीमा संचालित आधारभूत स्वास्थ्य परियोजनाको आर्थिक सहयोग र रामग्राम नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको उक्त तालिममा रामग्राम नगरपालिका भित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेकोे थियो ।
तालिमको उद्घाटन गर्दै रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरीले अहिले पनि समाजमा कुष्ठरोग जस्ता रोगबाट प्रभावित भएका ब्यक्तिहरु लुकेर बसेको र सेवाबाट बन्चित रहेको बताउँदै्र ती ब्यक्तिहरुको खोजी खोजी सेवामा पहुँच बढाएर उनिहरुलाई अपाङ्गता हुन बाट जोगाउनको लागि स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभयो ।
फेयर मेड फाउन्डेसन र इन्द्रेणी सामाजिक बिकास मञ्चको आधारभुत स्वास्थ्य परियोजनाले रामग्राम नगरपालिकामा उल्लेखनीय काम गर्दै आएको र अगामी दिनमा पनि यस्तै उल्लेखनीय कार्यहरु गर्दा पालिकाले आवश्यक सहकार्य, समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तालिममा आधारभूत स्वास्थ्य परियोजनाका परियोजना संयोजक पुष्पराज आचार्यले यस तालिमले स्वास्थ्यकर्मीहरुको क्षमता बिकास गराउने विश्वास व्यक्त गर्दै सिकेका कुरालाई व्यवहारमा लागू गर्दै उपेक्षित उष्ण प्रदेशिय रोगहरु निदान गरि यसलाई निवारण गर्नको लागि स्वास्थ्यकर्मीहरुको अहम् भुमिका हुने बताउनुभयो । उहाँले स्वास्थ्यकर्मीले आफ्नो सेवा प्रवाहको दौरानमा उपेक्षित उष्ण प्रदेशिय रोगहरुलाई अत्यन्त महत्व दिएर उपचारका लागि सहयोग गर्नुपर्ने बताउनुभयो ।
इन्द्रेणीले जिल्लामा बिगत बर्ष देखि नै सामाजिक कार्यहरु गर्दै आएको र अहिले पनि पश्चिम नवलपरासीको ७ वटै स्थानीय तहलाई कार्य क्षेत्र बनाएर आधारभुत स्वास्थ्य परियोजना अन्तर्गत स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको आर्चायले बताउनुभयो ।
परियोजनाले प्रतापपुर गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा भौतिक निर्माण कार्य लगायत समग्र स्वास्थ्य सेवा सुधार गर्नका लागि काम गर्दै आएको आधारभुत स्वास्थ्य परियोजनाका जिल्ला अधिकृत एवं इन्द्रेणी सामाजिक बिकास मञ्चका सूचना अधिकारी पुष्पराज आचार्यले बताउनुभयो । तालिममा डा. गंगाराम यादवले सहजीकरण गर्नुभएको रामग्राम नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस