२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

गोली लागेर युवकको मृत्यु

२०७८ जेष्ठ ५, बुधबार प्रकाशित ( साल अघि) १३३६ पाठक संख्या

मोहन पौडेल
परासी, ५ जेठ : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम ) मा सशस्त्र प्रहरीको गोली लागेर एक युवकको ज्यान गएको छ ।
आज बिहान सुस्ता गाउँपालिका-५ वनकट्टीस्थित नेपाल भारत सीमा क्षेत्रमा शसस्त्र प्रहरीले गोली चलाउँदा प्रतापपुरका २२ वर्षीय अविनाश राजभरको मृत्यु भएको हो ।
गोली लागेर गम्भीर घाइते राजभरको सहिद स्मृति सामुदायिक अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि बुटवल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिनुभयो ।

वनकट्टी नाका हुँदै नेपाल तर्फ प्रवेश गर्न लागेका स्थानीय युवालाई सशस्त्र प्रहरीले रोक्दा युवाहरुले सशस्त्र प्रहरीमाथि ढुङ्गामुढा गरेकोले गोली चलाएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल नम्बर २६ गण नवलपरासीका प्रहरी उपरीक्षक महेश अधिकारीले जानकारी दिनुभयो ।
५०/६० जनाको समूहमा आएका स्थानीयहरुले शसस्त्रमाथि ढुङ्गा मुढा प्रहार गरेको उहाँले बताउनुभयो ।
भिडलाई नियन्त्रण गर्न शुरुमा अश्रृ ग्याँस प्रहार गरिएको तर भिड अझ उग्रहुँदै आक्रमणमा उत्रिएपछि बाध्य भएर एक राउण्ड गोली चलाइएको उहाँले बताउनुभयो ।
युवाहरूको भिडले आक्रमण गर्दा नाकामा खटिएका सशस्त्र प्रहरी नायब निरीक्षक शङ्कर बुढाथोकी घाईते भएको उहाँले बताउनुभयो । उहाँको टाउकोमा गम्भीर चोट लागेको शसस्त्र प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस