२०८२ जेष्ठ २४, शुक्रबार
24 खबर अपडेट

लियो क्लव रामनगरद्धारा दुर्गा मन्दिरलाई गमला हस्तान्तरण, पूजामा सहयोग र भूमहीमा सरसफाइ

२०७९ आश्विन १०, सोमबार प्रकाशित ( साल अघि) ५९० पाठक संख्या

परासी, १० असोज । लियो क्लब अफ रामनगरले सुनवल नगरपालिका १२ भूमहीस्थित दुर्गा मन्दिरमा गमला हस्तान्नरण तथा पूजा तयारीमा सहयोग गरेको छ । नवरात्रको पहिलो दिन घटस्थापनाको अवसर पारेर लियो क्लवले दुर्गा मन्दिरलाई दुई थान गमला हस्तान्तरण गरेको छ भने पूजा तयारीमा सहयोग र भूमही चोक र आसपासमा सरसफाइ समेत गरेको हो ।

L3

 

लियो क्लब अफ रामनगरका अध्यक्ष रुपेश गौतमको अध्यक्षता तथा लायन्स क्लव अफ रामनगरका अध्यक्ष बलराम चापागाईको प्रमुख आतिथ्य एवं लियो क्लवका पदाधिकारीहरुको सहभागितामा उक्त सामाजिक कार्य गरिएको क्लबका सचिव सुरेन्द्र कंहार(एसके)ले जानकारी दिनुभयो । सामाजिक क्षेत्रमा लियो क्लव रामनगर क्रियाशील रहँदै आएको बताउँदै अध्यक्ष गौतमले कार्यक्रममा सहयोग र सफल बनाउने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको सहसचिव दिवस सुनारले बताउनुभयो ।

L2

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस