२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

पृथ्वीचन्द्र अस्पतालको निर्माणाधिन भवनमा कमसल ईट्टाको प्रयोग

२०७९ श्रावण १४, शनिबार प्रकाशित ( साल अघि) ८१२ पाठक संख्या

परासी, १४ साउन । पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित जिल्ला पृथ्वीचन्द्र अस्पतालमा निर्माणाधिन भवनमा गुणस्तरहीन ईट्टाको प्रयोग गरिएको छ । अस्पताल भवनमा कमसल ईट्टा प्रयोग गरिएको भन्दै स्थानीय जनप्रतिनिधिले विरोध जनाएका छन् ।
अस्पताल जस्तो संवेदनशील निकायको भवन नै जोखिममा पर्ने गरी कमसल ईट्टा प्रयोग गरिएकोले तत्काल विरोध गरिएको रामग्राम वडा नं. ५ का वडा अध्यक्ष रामवृक्ष यादवले बताउनुभयो । अस्पताल प्रशासन र अस्पताल विकास समितिले समेत चासो नलिँदा भवन निर्माणमा लापरवाही भएको उहाँको आरोप छ ।

Pc2

लुम्बिनी प्रदेश सरकारले निर्माण गरिरहेको उक्त भवन निर्माणको जिम्मा श्यामसुन्दर एण्ड वि जेभी निर्माण सेवाले पाएको छ । निर्माण कम्पनीले भुलबस एक टेक्टर ईट्टा दुई नम्बर(कमसल) आएको बताएको छ । शहरी विकासका ईन्जिनियर अर्जुन मण्डलले कमसल ईट्टा प्रयोग भएको गुनासो आए लगत्तै ईट्टा परिवर्तन गर्न निर्देशन दिएको बताउनुभयो । ठेकेदारले भने प्राविधिकको निर्देशन समेत अटेरी गर्ने गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%३%

प्रतिक्रिया दिनुहोस