२०८३ आश्विन १६, शुक्रबार
24 खबर अपडेट

त्रिवेणीमा होटलमा बसेकी युवतीको मृत्यु भएपछि युवा फरार, होटल सञ्चालक पक्राउ

२०७८ श्रावण २३, शनिबार प्रकाशित (५ साल अघि) ३३३३ पाठक संख्या

परासी, २३ साउन । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ को शाही प्यालेस होटलमा युवासँगै बसेकी युवतीको मृत्यु भएको छ । एउटै गाउँका मोटरसाइकलमा सँगै आएर सो होटलमा बसेको अवस्थामा १७ वर्षीय युवतीको अचानक निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जनाएअनुसार रामग्राम नगरपालिका–१२ निवासी करिब १८ वर्षीय युवक अजयराज भरले होटेल लगेकी सोही ठाउँकी युवतीको अचानक निधन भएको हो । युवतीको मृत्युसँगै उनी फरार भएका छन् ।

घटनापछि प्रहरीले शुक्रबार होटल मालिक ४५ वर्षीय भोजबहादुर थापा र युवक अजय राजभरका काका २८ वर्षीय ब्यासप्रसाद भर र उनले प्रयोग गरेको लु ४ प ८१७६ नम्बरको होण्डा साइन मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । गिरीले भने, ‘ प्रहरीको अनुसन्धान जारी छ । पोष्मार्टम रिपोर्ट आएको छैन । युवायुवतीको बीचमा आपसमा सेक्सुयल रिलेसन पनि भएको हुनसक्छ । उनीहरु दुवै एटटै वडाका र घरपरिवारकाबीचमा आपसमा चिनजान भएका व्यक्तिहरु हुन् ।’

प्रहरीका अनुसार युवकले युवतीलाई शुक्रबार साँझ ६ बजे मोटरसाइकलमा होटल पु¥याएकोमा साढे ६ बजे अचानक बिरामी भएपछि अटोमा बर्दघाटको चौपत्तामा रहेको शहिद स्मृती सामुदायिक अस्पतालमा राति ८ बजे पु¥याएका थिए । अस्पतालमा पुग्ना साथ युवतीको मृत्यु भएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा युवतीलाई अत्यधिक रक्तश्राव भएपछि निधन भएको पाइएको प्रहरी नायव उपरीक्षक गिरीले जनाए । उनले भने, ‘ युवतीले पेट दुख्यो भनेको थियो भने केटा आत्तिएको थियो ।’ घटना शंकास्पद रहेकोले प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । किशोरीको शव पोष्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पताल जिल्ला अस्पताल परासीमा राखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%२%४%१७%५%

प्रतिक्रिया दिनुहोस


↑