२०८३ आश्विन १६, शुक्रबार
24 खबर अपडेट

अनेरास्ववियु पश्चिम नवलपरासीको अध्यक्षमा मौर्य

२०८१ अषाढ २६, बुधबार प्रकाशित (२ साल अघि) ६६८ पाठक संख्या

परासी, २६ असार । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) पश्चिम नवलपरासीको अध्यक्षमा सञ्जय मौर्य चयन हुनुभएको छ । अनेरास्ववियु जिल्ला कमिटीको आज परासीमा सम्पन्न सचिवालय बैठकले मौर्यलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिएको हो ।
अनेरास्ववियुका यसअघिका जिल्ला अध्यक्ष निरज खड्का नेकपा एमालेको जिल्ला कमिटीमा मनोनीत भएपछि अनेरास्ववियुबाट विदा हुनुभएको छ । खड्काले अनेरास्ववियुबाट विदा लिएपछि मौर्यलाई अध्यक्ष चयन गरिएको बताईएको छ । मौर्य यसअघि कार्यबाहक अध्यक्ष हुनुहुन्थ्यो ।
अध्यक्ष मौर्यले पदभार ग्रहण गर्दै विद्यार्थीको हकहितमा थप शसक्त रुपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यार्थीले पाउनुपर्ने अधिकार तथा शैक्षिक गुणस्तर अभिवृद्धिमा अनेरास्ववियूले विशेष जोड दिने उहाँको भनाई थियो ।
एमाले जिल्ला अध्यक्ष दीपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्य तथा अनेरास्ववियुका निवर्तमान अध्यक्ष खड्काको अध्यक्षतामा भएको उक्त बैठकले सहसचिवमा कमल ढकाल(सुस्ता)लाई मनोनीत गरेको छ । अन्य पदाधिकारी भने यथावत रहेको अध्यक्ष मौर्यले बताउनुभयो । अनेरास्ववियुको जिल्ला कमिटी ५१ सदस्यीय छ । अव छिट्टै जिल्ला अधिवेशन पनि सम्पन्न गरिने उहाँले बताउनुभयो ।
उक्त अवसरमा अनेरास्ववियुका केन्द्रीय सदस्य एवं नवलपरासी ईन्चार्ज निरज पौडेल, एमाले जिल्ला कार्यालय सचिव रामचन्द्र भण्डारी, जिल्ला सदस्य एवं विद्यार्थी ईन्चार्ज सुशान्त शर्मा घिमिरे,राष्ट्रिय युवा संघका जिल्ला सचिव सन्दिप अधिकारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


↑