२०८३ श्रावण ३१, आईतबार
24 खबर अपडेट

वरुण वेभरेज( पेप्सी) कम्पनीद्धारा अति विपन्नलाई गहुँ वितरण

२०७८ बैशाख १९, आईतबार प्रकाशित ( साल अघि) १३४२ पाठक संख्या

Received_320864516132290

अभिषेक राव
परासी , १९ वैशाख । पश्चिम नवलपरासीको रामग्राम- १० नदवा स्थित बरुण बेभरेज कम्पनी प्रालिले कोरोना महामारीको कहरबीच अति बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ । कम्पनीले आज एघार जनालाई ४५ के.जी.को दरले गहुँ बितरण गरेको हो ।
पेप्सी कम्पनीका प्लाट प्रमुख पंकज गुप्ताको अगुवाईमा सो कार्यक्रम सम्पन्न भएको हो।
उक्त कार्यक्रममा प्लान्ट प्रमुख गुप्ता, एचआर प्रमुख अमित कुमार, कमरसियल म्यानेजर धिरज गुप्ता, मानव संसाधन बिभागका सहायक अभिषेष तिवारी, रामग्राम – १० का वडा अध्यक्ष धर्मप्रसाद गुप्ता र समाजसेवी चन्द्रभुषण पाठकको उपस्थिति रहेको थियो ।
कोभिडको बेलामा सो कम्पनिले आफ्नो सामाजिक उत्तरदायित्व निभाउँदै वडाका ११ जना अति बिपन्नलाई ४५ के.जी.को दरले गहुँको साथै पेय पदार्थ पनि बितरण गरेको प्रमुख गुप्ताले दैनिक 24 खबर डटकमलाई बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस