२०८३ बैशाख ३१, बिहिबार
24 खबर अपडेट

नेता कण्डेलको उपस्थितिमा कांग्रेस पश्चिम नवलपरासीद्धारा क्षेत्रीय समितिका उम्मेदवार घोषणा

२०७८ कार्तिक २५, बिहिबार प्रकाशित ( साल अघि) १५६२ पाठक संख्या

परासी, २५ कात्तिक । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्र्तगत पश्चिम नवलपरासी कांग्रेसले आज उम्मेदवारहरु घोषणा गरेको छ । वडा र गाउँ नगर अधिवेशन गरिसकेको कांग्रेसले आज परासीमा एक समारोहको आयोजना गरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्य समितिका लागि उम्मेदवार घोषणा गरेको हो ।
पार्टीका केन्द्रिय सदस्य एवं पूर्व गृहराज्यमन्त्री देवेन्दराज कण्डेलको प्रमुख आतिथ्य र जिल्ला सभापति विष्णु पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रमबाट पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं. २ को संघीय क्षेत्रीय कार्य समिति र त्यस अन्र्तगतका दुई प्रदेश सभा निर्वाचन क्षेत्र क र ख को क्षेत्रीय कार्य समितिका लागि उम्मेदवार घोषणा गरिएको नेपाली कांग्रेसले जनाएको छ ।
जस अनुसार संघीय अर्थात प्रतिनिधिसभा क्षेत्र नं. २ को क्षेत्रीय कार्य समितिको सभापति पदमा माधव पाण्डेलाई उम्मेदवार घोषणा गरिएको छ । हाल सोही कार्य समितिको क्षेत्रीय सचिव रहनुभएका पाण्डेले आगामी महाधिवेशनमा क्षेत्रीय सभापति पदमा उम्मेदवारी दिनुभएको हो। यसैगरी संघीय क्षेत्रीय कार्यसमितिको सचिवमा प्रदीप क्षेत्री र भरत पौडेल, सहसचिवमा उपेन्द्र गुप्ता र नरेश भट्टराईलाई उम्मेदवार बनाईएको छ ।
प्रदेशसभा निर्वाचन क्षेत्र अन्र्तगत २(क)को क्षेत्रीय सभापतिमा कृष्णनारायण श्रेष्ठको उम्मेदवारी घोषणा भएको छ । उक्त क्षेत्रीय समितिको उपसभापतिमा बेगबहादुर पुन र भेषनारायण चौधरी, सचिवमा मकसुधन चौधर िर देवु भट्टराई तथा सहसचिवमा दीपेन्द्र चौधरी र रामचन्द्र सापकोटालाई उम्मेदवार बनाईएको छ ।
२(ख) क्षेत्रीय सभापतिका लागि रामचन्द्र प्रसाद केवट(चन्दु),उपसभापतिमा रामकृपाल गिरी र विनोद गुप्ता, सचिवमा अनिता तिवारी र भण्डारी पासी,सहसचिवमा दीपक यादव र केदारनाथ यादव(पप्पु)लाई उम्मेदवार बनाईएको छ । कांग्रेसको प्रदेशसभा निर्वाचन क्षेत्रको मंंसिर ३ गते र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मंसिर ६ गते अधिवेशन हुँदैछ ।
पश्चिम नवलपरासी कांग्रेसको महाधिवेशनमा वडा तहदेखि नै केन्द्रिय सदस्य कण्डेल र संविधानसभा सदस्य विक्रम खनाल पक्षबीच प्रतिस्पर्धा भईरहेको छ । खनाल पक्षले पनि उम्मेदवारी घोषणा गरिसकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%२%१%१%

प्रतिक्रिया दिनुहोस