२०८२ पौष १५, मंगलबार
24 खबर अपडेट

रामग्राम महिला जेसीज वर्ष २०२६ को अध्यक्षमा बबिता

२०८२ पौष १५, मंगलबार प्रकाशित ( घण्टा अघि) ८६ पाठक संख्या

परासी, १५ पुस । रामग्राम महिला जेसीज वर्ष २०२६ को अध्यक्षमा बबिता जयसवाल निर्वाचित हुनुभएको छ। महिला जेसीजको मंगलबार सम्पन्न १६ औँ साधारणसभा तथा पन्ध्रौँ अधिवेशनबाट जयसवाल सर्वसम्मत अध्यक्ष निर्वाचित हुनुभएको हो ।

Babita

 

महिला जेसीजको कार्यकारीणी उपाध्यक्षमा लक्ष्मी चौधरी मल्ल र सरिता अग्रहरी, उपाध्यक्षहरुमा रञ्जना ओझा,प्रियंका कलवार,मञ्जु कुमारी हरिजन, सोनी तामाङ, सहसचिवमा आइस्मा गुप्ता र सहकोषाध्यक्षमा माया चौधरी निर्वाचित हुनुभएको निर्वाचन अधिकृत एवं रामग्राम महिला जेसीज वर्ष २०२४ की अध्यक्ष विनिता खड्काले जानकारी दिनुभयो ।
यस्तै जेसीजको विधान अनुसार नवनिर्वाचित अध्यक्ष जयसवालले महासचिवमा उमा गुप्ता, कानूनी सल्लाहकारमा फातिमा खातुन अन्सारी र कोषाध्यक्षमा अन्नु सुनार मनोनीत गर्नुभएको छ । जेसीजमा एक व्यक्ति, एक पद, एक कार्यकाल एक वर्षको मात्र हुने प्रावधान छ ।
रामग्राम महिला जेसीज वर्ष २०२५ की अध्यक्ष प्रिति कुमारी अग्रहरीको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारीको प्रमुख आतिथ्यमा भएको साधारणसभा उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि खातुनले महिलाहरुको सशक्तीकरणमा जेसीजको योगदान महत्वर्पूा रहेको बताउँदै घर भित्र सीमित रहेका महिलाहरुलाई गोलबद्ध भएर नेतृत्व र व्यक्तित्व विकास गर्न आह्वान गर्नुभयो ।
उक्त अवसरमा रामग्राम जेसीजका अध्यक्ष विष्णुराज राव,रामग्राम नगरपालिकाकी कार्यपालिका सदस्य नानु कुमारी खड्का, भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाका अध्यक्ष रामजी ज्ञवाली, रामग्राम महिला जेसीजकी निवर्तमान अध्यक्ष विनिता खड्का, पूर्व अध्यक्षहरु माया अग्रहरी, अनिता दवाडी तिवारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस