२०८२ बैशाख १०, बुधबार
24 खबर अपडेट

कम्युनिस्ट पार्टी स्थापना दिवसमा क्रान्तिकारी संयुक्त मोर्चाको जिल्ला भेला

२०८२ बैशाख १०, बुधबार प्रकाशित ( घण्टा अघि) ५३ पाठक संख्या

परासी,१० वैशाख । क्रान्तिकारी संयुक्त मोर्चा नेपाल नवलपरासीको प्रथम जिल्ला भेलाले चुडामणि भण्डारीको संयोजकत्वमा १७ सदस्यीय जिल्ला समिति गठन गरिएको छ ।

लेनिन जयन्ती एवं कम्युनिस्ट पार्टी स्थापना दिवस तथा मोर्चाको भेला मंगलवार बर्दघाटस्थित दिब्यनगरमा भएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीको आयोजनामा भएको कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य एवं युवा नेता रवि पाण्डेय प्रमुख अतिथी हुनुहुन्थ्यो ।

कार्यक्रममा युवा नेता पाण्डेयले क्रान्तिकारी संयुक्त मोर्चा क्रान्तिको एक साधन रहेको उल्लेख गर्दै नेपालमा नयाँ जनवादी क्रान्ति हुँदै बैज्ञानिक समाजवादमा जाने पार्टीको लक्ष्य रहेको बताउनुभएको थियो । उहाँले नेपालमा कम्युनिस्ट आन्दोलनको प्रमुख समस्या दक्षिणपन्थी संसोधनवाद रहेको चर्चा गर्दै इतिहासको सही मूल्याकंन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमममा जेष्ठ कम्युनिस्ट नेता प्रेम रिमालले कम्युनिस्ट आन्दोलनको अनुभव सुनाउदै निरन्तर क्रान्तिको पक्षमा लाग्न नेता कार्यकर्तालाई आव्हान गर्नुभयो । भेलामा नवनिर्वाचित संयोजक भण्डारीले मोर्चालाई जिल्लाभर विस्तार गर्दै जनताको बीचमा लैजाने प्रतिबद्वता ब्यक्त गर्नु भयो । मोर्चामा जिल्लाको सात मध्ये पाँच पालिकाबाट प्रतिनिधित्व रहेको छ ।

बिभिन्न वर्ग,जाती, क्षेत्र र लिङ्गको प्रतिनिधित्व हुने गरेर गठन भएको मोर्चाको जिल्ला सदस्यमा मेख नारायण चौधरी ( थारु मोर्चा) मुक्त माया महतो ( महिला सङ्गठन ), सोम बहादुर विश्वकर्मा ( दलित मोर्चा), रमेश पाण्डे ( विद्यार्थी सङ्गठन), लालु गिरी ( मजदुर सङ्गठन ) प्रेम पोखरेल ( उद्योग व्यापार महासङ्ग), चन्द्रमान मानन्धर ( नेवा मोर्चा) टीका परियार ( मिटर ब्याज पिडित किसान), प्रल्हाद हरिजन ( उत्पिडित क्षेत्र सुस्ता गापा) र महेन्द्र राजभर ( मधेसी मोर्चा ) रहनु भएको छ । रिक्त रहेका ७ सिटमा मुस्लिम अल्पसंख्यक सहित बिभिन्न क्षेत्रबाट प्रतिनिधित्व गराउने समेत संयोजक भन्डारीले जानकारी गराउनुभयो । उक्त कार्यक्रममा स्वागत क्रान्तिकारी कम्युनिस्ट पार्टीका जिल्ला कार्यालय सदस्य गणेश बहादुर ढकाल र संचालन अर्का कार्यालय सदस्य एवं अखिल नेपाल आदिवासी जनजाती महासङ्गका जिल्ला संयोजक दुर्गा नारायण चौधरीले गर्नुभएको र सहिद परिवार समाजको जिल्ला संयोजक उर्मिला थापाको आतिथ्यता रहेको अखिल ( क्रान्तिकारी ) का जिल्ला संयोजक रमेश पाण्डेयले जानकारी दिनुभयो । क्रान्तिकारी संयुक्त मोर्चा नेपालले सदस्यता विस्तार तथा पालिका कमिटीको भेलासमेत सम्पन्न गर्ने जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस