२०८२ अषाढ २९, आईतबार
24 खबर अपडेट

रामनगर जेसीजको आयोजनामा भूमहीमा शुरु भयो प्रदेश स्तरीय शैक्षिक तथा सांस्कृतिक मेला

२०८१ फागुन १५, बिहिबार प्रकाशित ( महिना अघि) २५९ पाठक संख्या

परासी, १५ फागुन । पश्चिम नवलपरासीको भूमहीमा प्रथम रामनगर जेसीज लुम्बिनी प्रदेश स्तरीय शैक्षिक तथा सांस्कृतिक मेला शुरु भएको छ । फागुन १५ देखि १९ गतेसम्म सुनवल–१२ स्थित एटलस होटल भूमहीमा सञ्चालन हुने मेला रामनगर जेसीजले आयोजना गरेको हो ।
मेलाको विहीबार एक समारोहकाबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुभयो । उक्त अवसरमा मुख्यमन्त्री आचार्यले शैक्षिक संस्थाहरुको सुधार गर्दै गुणस्तरीय शिक्षा प्रदानका लागि सरकार प्राथमिकताका साथ अघि बढेको बताउनुभयो । उहाँले मेरो विद्यालय मेरो दातित्व अभियान मार्फत सामुदायिक विद्यालयमा खस्कँदै गएको शैक्षिक गुणस्तर सुधार गर्न संकल्प गरिएको उल्लेख गर्नुभयो । मुख्यमन्त्री आचार्यले ५ दिनसम्म सञ्चालन हुने यस मेलाबाट सिकाई सँगै शैक्षिक सुधारका लागि सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो ।
जेसीजले युवाहरुलाई संगठित गर्दै समाज परिवर्तनको अभियानमा लागेकोमा खुशी व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले युवामा पलाउँदै गएको नकारात्मक भावनालाई सकारात्मक दिशामा लैजान जरुरी रहेकोमा जोड दिनुभयो । यस्तै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले प्रदेशको शैक्षिक गुणस्तर सुधारका लागि सरकार लागिपरेको बताउनुभयो । अबको शिक्षा प्रविधिसँग जोडेर लैजानुपर्ने आवश्यकता रहेकोले प्रदेश सरकारले सोही अनुरुपको योजना बनाएर अघि बढेको उहाँको भनाई थियो ।
रामनगर जेसीज वर्ष २०२५ का अध्यक्ष रमेश पराजुलीले पाँच दिनसम्म सञ्चालन हुने मेलामा प्रदेशका विभिन्न विद्यालयका शिक्षक तथा प्रधानाध्यापकहरुलाई उत्प्रेरणा तालिम,विद्यार्थीलाई नेतृत्व विकास तालिम,लागूऔषध विरुद्ध सचेतना, विभिन्न संघ संस्थाका नेतृत्वकर्ताहरुलाई प्रभावकारी भाषणकला तालिम सञ्चालन गरिने जानकारी दिनुभयो । मेलाको थप आकर्षण बढाउन जातजातीका भेषभुषा तथा संस्कृति प्रदर्शन एवं राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती दैनिक रुपमा रहने अध्यक्ष पराजुलीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस