२०८१ फागुन १४, बुधबार
24 खबर अपडेट

रामग्राममा पौडेल वंश महासंघको नगर समिति गठन, अध्यक्षमा दीपक पौडेल

२०८१ फागुन ३, शनिबार प्रकाशित ( हफ्ता अघि) ३५३ पाठक संख्या

परासी, ३ फागुन । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा पौडेल वंश महासंघको नगर समिति गठन भएको छ । पौडेल वंश महासंघ जिल्ला समिति नवलपरासीको आयोजनामा रामग्राम नगर भित्र बसोबास गर्दै आएका पौडेल तथा पौड्यालहरुको आज परासीमा सम्पन्न नगर स्तरीय भेलाले दीपक पौडेलको अध्यक्षतामा पौडेल वंश महासंघ रामग्राम नगर समिति गठन गरेको हो ।
रामग्राम–३ घोडपालीस्थित लक्ष्मीनारायण मन्दिरमा सम्पन्न भेलाबाट गठित पन्ध्र सदस्यीय नगर समितिको उपाध्यक्षमा सीता पौडेल, सचिवमा शोभाकान्त पौडेल,सहसचिवमा विजय पौडेल, कोषाध्यक्षमा शिला पौडेल रहनुभएको निर्वाचन समिति संयोजक एवं महासंघका जिल्ला सदस्य तीलकप्रसाद पौडेलले जानकारी दिनुभयो । नगर समितिको सदस्यमा रमादेवी पौडेल,गोविन्दराज पौडेल,सञ्जय पौडेल,सुरज पौडेल,प्रेमप्रसाद पौडेल,देवका पौडेल, तारा पौडेल लगायत रहनुभएको छ ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेल वंश महासंघ लुम्बिनी प्रदेशका सचिवालय सदस्य रामचन्द्र पौडेलले छरिएर रहेका पौडेलहरुलाई एउटै छातामुनि समेटेर संस्कार संस्कृति, रितिरिवाज संरक्षण गर्ने र एक आपसमा भाईचाराको सम्बन्ध स्थापित गर्न सबै पौडेलहरुलाई संगठित गरिएको बताउनुभयो । उहाँले विभिन्न ठाउँमा छरिएर गरिने कुलपूजा पनि एउटै विधिमा गर्न आग्रह गर्नुभयो ।
महासंघका जिल्ला अध्यक्ष धनञ्जय पौडेलले सम्पूर्ण पौडेलहरु एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले महासंघ संगठन निर्माण र विस्तार अभियानमा रहेको बताउँदै नवलपरासीमा जिल्ला समितिसँगै सुनवल, बर्दघाट र रामग्राम नगर समिति निर्माण गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा पौडेल वंश महासंघ लुम्बिनी प्रदेशका सल्लाहकार प्राध्यापक शेषकान्त पौडेल, वरिष्ठ अधिवक्ता बाबुराम पौडेल,पृथ्वीचन्द्र अस्पताल विकास समितिकी सदस्य सरिता पौडेल,पौडेल वंश महासंघका जिल्ला सचिव मोहन पौडेल, जिल्ला सदस्य तीलकप्रसाद पौडेल,बर्दघाट नगर अध्यक्ष केवल पौडेल, सुनवल नगर सचिव ज्ञानु पौडेल,रामग्राम नगर समितिका नवनिर्वाचित अध्यक्ष दीपक पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%

प्रतिक्रिया दिनुहोस