२०८१ माघ ९, बुधबार
24 खबर अपडेट

रेडक्रस परासी उपशाखाद्धारा चिसोबाट प्रभावित विपन्न परिवारलाई कम्बल वितरण

२०८१ माघ ६, आईतबार प्रकाशित ( दिन अघि) १६६ पाठक संख्या

परासी, ६ माघ । चिसोबाट प्रभावित सदरमुकाम परासी क्षेत्रका २० गरिब तथा विपन्न समुदायका परिवारलाई कम्बल वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाईटी परासी उपशाखाले आफ्नो कार्यक्षेत्र अन्र्तगत रामग्राम नगरपालिका वडा नं.१ देखि ६ सम्मका २० जना गरिब तथा विपन्न परिवारलाई आज कम्बल वितरण गरेको हो ।
शीतलहरका कारण गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा रेडक्रसले कम्बल वितरण गरेपछि उनीहरुले राहतको महसुस गरेका छन् । रामग्राम ६ पोखरापालीमा आज एक कार्यक्रम गरी विपन्न समुदायका परिवारलाई कम्बल वितरण गरिएको रेडक्रस परासी उपशाखाका सभापति सन्दिप अग्रहरीले बताउनुभयो ।
चिसोका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यका साथ विपन्न परिवारको तथ्याङ्क संकलन गरेर न्यानो कम्बल वितरण गरिएको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिईने उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि रामग्राम ६ का वडा अध्यक्ष विद्यासागर त्रिपाठीले चिसोबाट नागरिकलाई जोगाउन रेडक्रस मार्फत कम्बल गरिएको र विभिन्न संघसंस्था मार्फत पनि न्यानो कपडा वितरणको काम अगाडि बढाउन पहल भईरहेको बताउनुभयो ।
अत्याधिक चिसो र शीतलहरका कारण दैनिक ज्यालादारी गर्नेहरु समस्यामा पर्नुका साथै वृद्धवृद्धा तथा बालबालिकाहरु जोखिममा रहेकोले नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपरासीले जिल्लाका १६ वटै उपशाखा मार्फत अतिविपन्न नागरिकलाई कम्बल वितरण गरिरहेको रेडक्रस जिल्ला शाखाका कार्यकारी सदस्य एवं विपद व्यवस्थापन संयोजक अर्जुन बहादुर क्षेत्रीले जानकारी दिनुभयो । शीतलहर र चिसोका कारण नवलपरासीसहित तराईमा स्थानीयहरु प्रभावित हुने गरेका छन् ।
कार्यक्रममा रेडक्रस परासी उपशाखाकी उपसभापति सिता कुँवर, पत्रकार मोहन पौडेल, रामग्राम जेसीजका अध्यक्ष विष्णुराज राव, नवलपरासी टेलरिङ्ग व्यवसायी संघका अध्यक्ष राजु देवान लगायतले आआफ्नो धारणा व्यक्त गर्नुभएको उपशाखाका सचिव बसन्त पराजुलीले बताउनुभयो ।

02

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस