२०८१ मंसिर ७, शुक्रबार
24 खबर अपडेट

बर्दघाटमा भेटियो १५ फुट लामो २२ किलोको अजिङ्गर

२०८१ कार्तिक १४, बुधबार प्रकाशित ( हफ्ता अघि) १७७ पाठक संख्या

परासी, १४ कात्तिक । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं ८ मा अजिङ्गर फेला परेको छ ‌। स्थानीय विष्णु कुमारी चौधरीको घरमा भेटिएको अजिङ्गर करिब १५ फुट लामो र २२ किलोको रहेको उद्दारकर्मीले जनाएका छन् ।
अजिङ्गरको बर्दघाट नगरपालिकाका सर्प उद्दारकर्मी दुर्मा लामिछानेले उद्दार गर्नुभएको हो । केही दिन अघि मात्रै बर्दघाटमा राज गोमन फेला परेको थियो । पछिल्लो सपय दिनहुँ जसो बर्दघाट क्षेत्रमा गोमन,करेत,रसेल्स भाईपर र अजिङ्गर प्रजातिका सर्पहरु फेला पर्ने क्रम बढ्दो छ। उद्दारपछि उक्त अजिङ्गरलाई निकुञ्ज परिसरमा छोडिएको छ ।
हाल सम्म झन्डै ३ सय सर्पको उद्दार गरिसकिएको उद्दारकर्ता लामिछानेले बताउनुभयो। सर्प उद्दार सगै आम नागरिक सर्पदङ्सको जोखिम बाट समेत बचेका छन् ।उद्दारकर्मी लामिछानेसँगै स्थानीय युवाहरूले पनि सर्प पर्यावरणका लागि आवश्यक छ भन्ने जनचेतना जगाउँदै आईरहेका छन् । उक्त कार्यका लागि लामिछानेलाई बर्दघाट नगरपालिकाले प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस