२०८३ बैशाख ७, सोमबार
24 खबर अपडेट

मदन भण्डारी जयन्तीको अवसरमा अनेरास्ववियु नवलपरासीद्धारा वृक्षारोपण

२०८१ अषाढ १६, आईतबार प्रकाशित ( साल अघि) ५९५ पाठक संख्या

परासी,१६ असार । स्वर्गीय नेता मदन भण्डारीको ७३ औँ जन्मजयन्तीको अवसरमा अनेरास्ववियु पश्चिम नवलपरासीले बृहत वृक्षारोपण कार्यक्रम गरेको छ । अनेरास्ववियु जिल्ला कमिटीको आयोजनामा सुनवल १३ स्थित मोतिलाल क्याम्पसमा वृक्षारोपण गरिएको हो ।
अनेरास्ववियु केन्द्रीय कमिटी तथा प्रदेश कमिटीको सर्कुलृर अनुसार देशभर एक लाख वृक्षारोपण अभियान अन्तरगत नवलपरासीमा पनि विभिन्न प्रजातीका गरि एक सय विरुवा रोपिएको अनेरास्ववियुका कार्यबाहक जिल्ला अध्यक्ष सञ्जय मौर्यले जानकारी दिनुभयो ।
अध्यक्ष मौर्यको अध्यक्षता तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य सुशान्त शर्मा घिमिरेको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज नीरज पौडेल, प्रदेश कमिटी सचिवालय सदस्य नीरज खड्का लगायतका विद्यार्थी नेताहरुले नेता मदन भण्डारीको योगदानको चर्चा गर्दै वृक्षारोपणको महत्वबारे समेत प्रकश पार्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस