२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

कांग्रेस सभापति देउवाद्धारा नवलपरासीको महेशपुरमा निर्मित स्व.पृथ्वीराज कण्डेल बसपार्कको उद्घाटन

२०८१ अषाढ १०, आईतबार प्रकाशित ( महिना अघि) १३४ पाठक संख्या

परासी, ९ असार । पश्चिम नवलपरासीको महेशपुर बजारमा सुविधासम्पन्न बसपार्क निर्माण सम्पन्न भएकोे छ । स्व.पृथ्वीराज कँडेल बसपार्क नामाकरण गरिएको उक्त बसपार्कको शनिबार पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो ।
स्व.पृथ्वीराज कण्डेल वि.स.२०१५ सालमा तत्कालिन पाल्ही माझखण्ड पूर्वबाट निर्वाचित सांसद हुनुहुन्छ । स्व.पृथ्वीराज कण्डेलले परिकल्पना गरेको बसपार्क उहाँका छोरा पूर्वगृहराज्यमन्त्री एवं नेपाली कांग्र्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कण्डेलको पहलमा निर्माण सम्पन्न भएको हो । बसपार्कमा स्व.पृथ्वीराज कण्डेलको अर्धकदको शालिक पनि निर्माण गरिएको छ । बसपार्कको उद्घाटन तथा शालिक अनावरण गर्दै पूर्वप्रधानमन्त्री देउवाले स्व.पृथ्वीराज कण्डेलको योगदानलाई आफूले पनि नजिकबाट निहालेको बताउनुभयो । प्रमुख प्रतिपक्षी दलका नेता समेत रहनुभएका कांग्र्रेस सभापति देउवाले प्रतिपक्ष कमजोर भएको गुनासो आएकोले अब सशक्त बन्ने बताउनुभयो ।
शहरी विकास मन्त्रालयको रु एक करोड, पाल्हीनन्दन गाउँपालिकाको रु दश लाख र वडा नं.१ को रु ३ लाख गरि रु एक करोड १३ लाखको लागतमा बसपार्क निर्माण गरिएको स्व.पृथ्वीराज कण्डेल बसपार्क संरक्षण तथा व्यवस्थापन समितिका संरक्षक देवेन्द्रराज कण्डेलले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस