२०८२ बैशाख ८, सोमबार
24 खबर अपडेट

सिटिजन्स बैंक परासी शाखाद्धारा वित्तीय साक्षरता कार्यक्रम

२०८१ जेष्ठ २८, सोमबार प्रकाशित (0 महिना अघि) ३५२ पाठक संख्या

परासी, २८ जेठ। सिटिजन्स बैंक परासी शाखाको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम परासीमा सम्पन्न भएको छ । परासीस्थित सीपीएन कम्प्युटरमा अध्यनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता सचेतना प्रदान गरिएको हो ।
कार्यक्रममा बैंककी परासी शाखा प्रमुख मिना पाण्डेले वित्तीय साक्षरताको आवश्यकता र महत्वको विषयमा प्रकाश पार्नुभएको थियो । उहाँले बचतको महत्व,बचत रकम बैंकमा खाता खोली जम्मा गर्दा हुने फाईदा, ऋण कारोबार, वित्तीय साक्षरताको अवस्था, विद्युतीय बैंकीङ विकासक्रम र यसका फाईदा, विद्युतीय बैंकीङबाट हुने अपराध र जोखिम लगायतका विषयमा समेत सचेतना प्रदान गरिएको शाखा प्रमुख पाण्डेले बताउनुभयो ।
जुनसुकै प्रकारका व्यवसाय गर्दा बैंकबाट सहुलियत व्याजदरमा कर्जा लिन सकिने,पारिवारिक बजेटको महत्व प्रकाश पार्दै आर्थिक कारोबार गर्दा बैंकिङ प्रणाली मार्फत गर्न उहाँले आग्रह गर्नुभयो । शाखा प्रमुख पाण्डेसहित विनिता भण्डारी र सुरेन्द्र यादवले वित्तीय साक्षरता र सिटिजन्स बैंकका सेवाहरुको बारेमा पनि जानकारी गराउनुभएको थियो । यस कार्यक्रमबाट बैंकिङ प्रणाली मजबुत हुनुका साथै युवा तथा विद्यार्थीहरुमा वित्तीय ज्ञानको विकास भई सहि व्यवस्थापनमा टेवा पुग्ने अपेक्षा गरिएको शाख प्रमुख पाण्डेले बताउनुभयो । सिटिजन्स बैंकले आफ्नो देशभर फैलिएका १९० वटा शाखा, १५८ वटा एटिएम,१७ वटा शाखारहित बैंकिङ ईकाहरुबाट १७ लाख २४ हजार ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस