२०८२ आश्विन २८, मंगलबार
24 खबर अपडेट

सरावलको रेडक्रस सोसाईटी बालपूरी उपशाखाद्धारा शीतलहर प्रभावितलाई न्यानो कम्बल वितरण

२०८० माघ १२, शुक्रबार प्रकाशित ( साल अघि) ७५८ पाठक संख्या

परासी, १२ माघ । शीतलहरका कारण जनजीवन प्रभावित हुँदै गएपछि नेपाल रेडक्रस सोसाईटी बालपूरी उपशाखा सरावल ३ नवलपरासीले कम्बल वितरण गरेको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको समन्वय र सहयोगमा बालपूरी उपशाखाले आज शीतलहर प्रभावित नागरिकलाई कम्बल वितरण गरेको हो ।
सरावलको वडा नं.१ देखि ४ सम्मका शीतलहरबाट प्रभावित अति विपन्न, ज्येष्ठ नागरिक, सुत्केरी महिला लगायतलाई न्यानो कम्बल वितरण गरिएको रेडक्रस बालपूरी उपशाखाका सभापति सञ्जय मौर्यले बताउनुभयो। अत्याधिक रुपमा बढिरहेको चिसोबाट बचाउन अति विपन्न २० परिवारलाई उक्त कम्बल बाँडिएको उहाँले बताउनुभयो । तीन दिन अघि पनि बालपुरी उपशाखाले २० परिवारलाई कम्बल वितरण गरिएको सभापति मौर्यले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरीले चिसो अत्याधिक बढिरहेकोले विना काम जथाभावि बाहिर हिँडडुल नगर्न र आफ्नो स्वास्थ्य प्रति पनि सचेत रहन जोड दिनुभयो । उहाँले रेडक्रसले विभिन्न निकायसँग सहयोग मागि विपद् प्रभावित नागरिकलाई सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा पनि रेडक्रसले मानवीय सेवालाई निरन्तरता दिने बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस