२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

कोभिड कोषमा सहयोग गर्न बर्दघाट नगरपालिकाको आह्वान

२०७८ जेष्ठ १५, शनिबार प्रकाशित ( साल अघि) ७६९ पाठक संख्या

परासी, १५ जेठ । कोभिड कोषमा सहयोग गर्न पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले आह्वान गरेको छ । कोभिड १९ संक्रमण नियन्त्रण तथा रोकथाममा सहज हुने गरी नगरपालिकाले एनआईसी एसिया बैंकमा खोलेको आकस्मिक कोष(कोभिड कोष)मा सहयोग गर्न व्यक्ति, संघ संस्था,नगरवासी तथा सरोकारवालाहरुलाई आग्रह गरेको हो ।
नगरपालिकाको शुक्रबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले उक्त आह्रवान गर्दै नगरपालिका अन्र्तगतका कर्मचारी तथा शिक्षकहरुलाई पाँच दिनको तलब सहयोगका लागि अनुरोध पनि गरेको प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले जानकारी दिनुभयो ।
बैठकले जिल्ला प्रशासन कार्यालयले जेठ २२ गतेसम्म थपेको निषेधाज्ञालाई कडाईका साथ लागू गर्ने निर्णय गर्दै नेपाल सरकार तथा विभिन्न निकायबाट निर्देशन गरिएका स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न नगरवासीलाई आग्रह गरेको नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिनुभयो ।
बर्दघाट नगरपालिका भित्रका उद्योग वाणिज्य संघ, बजार विकास समिति लगायतबाट कोरोना नियन्त्रणमा गरेको कार्यको उच्च मूल्यांंकन गर्दै धन्यवाद दिएको छ । यसैगरी मौसम परिवर्तन भई वर्षातको समयमा हावाहुरी, डुबान, कटान हुन सक्ने भएकोले सबै क्षेत्रबाट सर्तकता अपनाउन पनि नगरपालिकाले आह्रवान गरेको नगर प्रमुख बस्यालले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस